धनकुटा/ बजेट लगायत विभिन्न विषयमा पटक–पटक वसेको कार्यपालिका वैठकमा सहमति हुन नसक्दा साँगुरीगढी गाउँपालिकाले बजेट ल्याउन सकेन । तोकिएको समय भरिमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे भएको छ । बजेट होलिडे हुँदा दैनिक प्रशासनिक काम ठप्प भएको छ । राजश्व संकलन समेत रोकिएको छ । समयमै बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिका दैनिक खर्च गर्न नपाउने अवस्थामा पुगेको छ । बजेट होलिडेको अवस्थामा अत्यावश्यक बाहेक शिर्षकमा खर्च गर्न पाइँदैन । स्थानीय तहले १० असार भित्र गाउँ सभामा बजेट पेश गर्नु पर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्छ संवैधानिक
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको प्राचीन हरिद्वार चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्याकालिन महा आरतीको शुभारम्भ गरिएको छ । नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने योजना अनुसार नगरपालिकाले उक्त सन्ध्याकालिन आरती मङलवार सांझबाट सुरु गरिएको नगरपालिकाको आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारीले बताए । धार्मिक पर्यटनको बिकास र वराहक्षेत्रको महत्ब बढाउन सन्ध्याकालिन आरती गर्न कार्यलाइ नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको नगर प्रमुख रमेश कार्कीले बताए । श्रावण १ गतेबाट सुरु गरिएको उक्त सन्ध्य
शिक्षा सन्देश इंग्लिस बोर्डिङ स्कुल साविक पाँचकन्याको पहिलो नीजि क्षेत्रको स्कुल हो । सरस्वती माध्यमिक विद्यालय तत्कालिन गाविसकै ऐतिहासिक र पुरानो बिद्यालय हो । सरकारी स्तरको पहिलो र ऐतिहासिक विद्यालय सरस्वती हो भने निजी क्षेत्रबाट सञ्चालित शिक्षा सन्देश पनि एतिहासिक र पहिलो स्कुल नै हो । यो स्कुल वि.सं. २०४८ सालदेखि सुरुवात भएको हो । धरान ६ पानबारीमा स्थापित शिक्षा सन्देशले स्थापनाकालदेखि नै अंगे्रजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ । शिक्षा सन्देशले स्थापनाकालदेखि नै अभिभावक र बिद्यार्थीको अंग्रेजी माध्यमबाट पढाउने र पढ्ने सपनालाई स्थापनाकालदेखि नै पुरा गर्
इटहरीः पार्टीको अडानलाई लत्त्याएर सोमबार इटहरी नगरसभामा सहभागी भई बहुमतले बजेट पास गरेपछि एमालेका युवा नेताहरूले पार्टीलाई बदनाम गराउने र फेल गराउने उद्देश्यबाट गरिएको प्रपञ्चको गम्भीर समीक्षा गरी यसमा संलग्न जनप्रतिनिधिहरूलाई स्पष्टीकरण लिई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बहुमतले बजेट पास भएपछि एमालेका युवा नेता होमप्रसाद धमलाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीको नीतिभन्दा विपरीत जाने जो कोही पनि पार्टीका लागि घातक भएको उल्लेख गरेका छन् । उनले नगरसभामा सहभागी भएका जनप्रतिनिधिहरूको स्तर अनुसार सम्बन्धित निकायमा कारबाहीको सिफारिस लेखी नेकपा एमाले इटहरी उपमहानगर कमि
काठमाण्डौं/ काठमाण्डौं महानगरपालिका यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर संगठनहरुबीच काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टरहरु व्यवस्थान गर्ने बारे सहमति भएपछि विभिन्न स्थानमा देखिएको झडपको सम्भावना तत्काललाई टरेकोछ । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलंकी, गौशाला लगायतका चोकहरुमा माइकिङ्ग गरेर महानगर प्रहरीहरु काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरुबीच द्धन्द्धको अवस्था आएको थियो । झडपको अवस्था सृजना भएपछि तत्काल टिकट काउन्टर नहटाउन भन्दै सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल
धरान/ वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर वरिष्ठ कवि शर्मालाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा शर्मालाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकणर् राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन । नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई नगद १० हजार सहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन । कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभ लक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले,
धरान/ धरान–१६ स्थित यु.एन.नबोदय कलेजले मिस कोशी फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी जितेका आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ। कलेजमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रा लि. ले आयोजना गरेको हो। शनिबार धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा यु.एन.नबोदयकी निशाहाङमा लिम्बुले फस्ट रनर अपको उपाधिसहित मिस पपुलर,“ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन। यसैगरि स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब ट
इटहरी/ दोस्रो विराट म्युजिक तथा फिल्म अवार्ड २०८० हरि आचार्य द्वारा लिखित किन दुख्छ मुटु बोलको गीतको म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको छ । अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा मोडल तथा अभिनेता माधव केसी र लजिना सुवेदी अभिनीत म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको हो ।सेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित अवार्ड समारोहमा गीतका मोडल माधव केसीलाई उक्त अवार्ड प्रदान गरियो । हरी आचार्यले लेखेको उक्त गीतको सङ्गीत नवीन कार्कीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन भने चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् । अवार्ड समारोहमा निर्देशक नेपालको समेत
इटहरी/ इटहरीमा अन्तर धार्मिक शान्ति महासङ्घ नेपालले सरोकारवालाहरू बिच धार्मिक सवालमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तर धार्मिक शान्ति अभियान कार्यक्रम सम्पन्न गरेको छ । आयोजना गरिएको कार्यक्रममा विश्वव्यापी आवधिक समीक्षा(यूपिआर) का लागि विभिन्न धर्ममा के कस्ता मानव अधिकार हननका घटना भएका छन् त्यसबारे चर्चा गरिएको थियो । विभिन्न धर्मका गुरुहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरू र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी कार्यक्रममा पछिल्लो समय विभिन्न धर्ममा भएका मानव अधिकार उल्लङ्घन तथा हननका विषयमा सुझाव सङ्कलन गरिएको थियो । बिभिन्न् पक्षबाट आएको सुझावको आध
भद्रपुर/ माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ, अब पनि डुबान भयो भने आफ्नो जमिन नै बाँकी नरहने ६५ वर्षीय गोपाल टुटो बताउँछन् । “सयौँ वर्षदेखि यहीँ बसोबास गर्दै आएका छौँ, कटानले गर्दा माई नदी किनारमै बास हुनपुगेको छ, उत्तरतिर कालो बादल मडारिएको देख्नेबित्तिकै हाम्रो बस्