पाँचथरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • जेठ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित दाहाल गाउँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

स्थानीय ४२ वर्षीय कृष्ण लिङ्देनले आफ्नी ४० वर्षीया श्रीमती सम्झना भट्टराईलाई गत वैशाख ३ गते बिहान घरायसी विवादका क्रममा कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी सम्झनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

तर उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ।

घटनापछि आरोपी कृष्ण लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved