विराटनगर/ कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ ।प्रदेशको नामकरण पछि चली रहेको आन्दोलनका विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेती आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेका छन् ।यस्तै वार्ता टोलीको सदस्य सचिव आन्तरिक मामिला तथा कानुन सचिव लक्ष्मी प्रसाद पौडेल नियुक्त भएका छन् । यस अघि प्रदेश सरकारसङ आन्दोलनरत पक्षको पटक पटक वार्ता भएको थियो । तत्कालीन मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्वमा गठित वार्ता टोलीसङ भएको वार्
काठमाण्डौं/ पेट्रोलियम पदार्थ ढुवानी गर्ने टेंकरका चालक सहचालकहरुलाई मासिक तलव निर्धारण गरि मासिक रुपमा सिधै मजदुरहरुको खातामा पठाउने र श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन लगायत १२ बुँदे माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष ज्ञापनपत्र बुझाएकोछ । नेपाल आयल निगम लिमिटेडले चालक सहचालकहरुलाई अहिलेसम्म तलब विना काम गराएर श्रमको शोषण गरिएको भन्दै चालक तथा सहचालकहरुको श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरु लागु गर्न समेत माग गरेकोछ । त्यस्तै पेट्रोलियम टेँकरमा लकिङ सिस्टम सुरु गरिसकेपछि पनि र्ईन्धन घट्ब
धरान/ कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यहरू धरानका दुई सहित चार जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । खोकु छिन्ताङ दुख्यो कि भन्ने गीत गाएर चर्चित भएका किसोर थुलुङ राई, बरिष्ठ पत्रकार भवानी बराल,डा. सिताराम बस्नेत, र नमिता न्यौपानेलाई सोमबार वसेको मन्त्री परिषद बैठकले नियुक्ति गर्ने निर्णय गरेको हो । धरानका थुलुङ पर्यटन,पत्रकारिता ,साहित्य तथा संगीत क्षेत्रमा नाम चिनिएका व्यक्ति हुन् ।थुलुङ एमालेबाट नियुक्त भएका छन् । धरानकै वरिष्ठ पत्रकार बराल माआबादीबाट हुन् । पत्रकारिता तथा लेखन क्षेत्रको प्रतिनिधित्व गर्दछन् ।अर्का न्यौपाने नियुक्त पनि माओबादीबाट नियुक्त भएका छन् । न्यौपा
वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई विद्यार्थी बालबालिकाले आफ्नो जिज्ञासा राखेका छन् । मङलवार नगरपालिकाले आयोजना गरेको मेयरसंग बालबालिका कार्यक्रममा सहभागी वालबालिकाले आफ्नो प्रश्न अर्थात जिज्ञासा राखेका थिए । नगरपालिकाको सभाहलमा माध्यमिक तहका बिद्यालयबाट प्रतिनिधिमुलक रुपमा सहभागी भएका बिद्यार्थीहरुले मेयर कार्कीलाई समक्ष आफ्नो-आफ्नो प्रश्न , जिज्ञासा , समस्या , आवश्यक्ता राखेको नगरपालिकाका सामाजिक बिकास अधिकृत अरुण मेहताले बताए । वालबालिकाले राखेको लागू पदार्थ दुव्यसनीको समस्या , शैक्षिक गतिबिधि सरसफाईको अवस्था त्यस्तै भौतिक संरचना निर्माणको अवस्था , बिद्यालय
विराटनगर/ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीको उद्घाटन गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा गोष्ठीको आयोजना गरेका हुन् । गोष्ठीको समापन सोमबार हुने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले प्रदेशभित्र रहेका विशिष्ट सुरक्षा समस्या पत्ता लगाउँदै समाधानको उपाय पहिल्याउन गोष्ठीको आयोजना गरिएको जानकारी दिए । प्रदेशभित्रको सुरक्षा समस्या समाधान गर्न कस्तो भूमिका खेल्नुपर्छ र सुरक्षा व्यवस्थासहित संघीयता कार्यान्वयनका लागि तत्
हामीले कोशी प्रदेशको धरानमा सिरिजंगा विश्व विद्यालय बनाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छौ । यो विषयको अगुवाई लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशीले गरेको छ । हामीले कोशी प्रदेशका प्रमुख ,मुख्यमन्त्री र अन्य मन्त्रालयका विभागिय मन्त्री सहितलाई धरानमा सिरिजंगा विश्व विद्यालय बनाउनको लागि माग गरेका हौ । किराँतीहरुको भाषा,लिपीलाई संरक्षण गर्नको लागि सिरीजंगा विश्व विद्यालयको आवस्यकता हो भन्ने हाम्रो ठम्याई रहेको छ । याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यमको रुपमा रहेको सिरीजंगा ल
विराटनगर/ विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बिहीबार नै ज्ञापनपत्रका लागि समय लिएको भए पनि वडाध्यक्ष कामत कार्यालयमा उपस्थित नभएको भन्दै सभापति यादवले आपत्ति जनाए । कामतले फोन गरेर कार्यालयभन्दा बाहिर रहेको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेको सभापति यादवको भनाइ थियो । अन्य दल र संघसंस्थाका प्रतिनिधि
धरान/ राष्ट्रिय किसान आयोगले किसानको हक, हित र अधिकार सुनिश्चताको लागि जनप्रतिनिधि, किसानका विभिन्न संघ संगठन लगायत सरकारावालासँग बहस कार्यक्रम चलाएको छ । इटहरी २० तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयमा आयोजित कार्यक्रमकौ उद्घाटन संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन् । किसान, कोशी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय किसान आयोगकी सदस्य मञ्जु धिमालले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रष्ट्याएकी थिइन् । उनले कोशी प्रदेशभित्र रहेका कृषकको समस्या, यसको स
विराटनगर/ कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/ ०८२ को नीति तथा कार्यक्रम सर्व सम्मतले पारित भएको छ । विहीबार प्रदेशसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई बिहीबारको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले यही जेठ २१ गते प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रममाथिको छलफलमा यही जेठ २२ गते १६ प्रदेशसभा
धरान/ वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नया“ प्रवक्ता तथा सह प्रवक्ता नियुक्त भएका छन् । नव नियुक्त प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डाक्टर अन्जु प्रधान नियुत्त भएकी छिन । त्यसैगरि सह-प्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अभिजीत कुमार नियुक्त भएको जनाइएको छ । दुवै जनाको कार्यकाल २०८१ जेठ १७ गते देखि लागु भई २ (दुई) वर्षका लागि हुनेछ । यसभन्दा अघि प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका चिफ प्रा.डा.पारस पोखरेल थिए भने सह-प्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह थिए ।