हामीले कोशी प्रदेशको धरानमा सिरिजंगा विश्व विद्यालय बनाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छौ ।
यो विषयको अगुवाई लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशीले गरेको छ । हामीले कोशी प्रदेशका प्रमुख ,मुख्यमन्त्री र अन्य मन्त्रालयका विभागिय मन्त्री सहितलाई धरानमा सिरिजंगा विश्व विद्यालय बनाउनको लागि माग गरेका हौ ।
किराँतीहरुको भाषा,लिपीलाई संरक्षण गर्नको लागि सिरीजंगा विश्व विद्यालयको आवस्यकता हो भन्ने हाम्रो ठम्याई रहेको छ ।
याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यमको रुपमा रहेको सिरीजंगा लिपीलाई सरकारले आधारभुत तहदेखि विश्व विद्यालय सम्म विकास हुने गरी माग गरिएको छ ।
सिरिजङ्गा सिडन्थेवे ताल्लेजुङ जिल्ला सिरिजंगा गाउँपालिका वडा नं. ३ तेल्लक (साविक तेल्कक गाविस) मा जन्मिएका थेवे लिम्बु वंशका धुरन्धर विद्धवान र समाज सुधारक हुन किरातीहरुको लिपि लोप भएर गएको अवस्थामा उनले याक्थुङ भाषाको लिपिको आविष्कार विकास गरी याक्थुङ समदायमा शिक्षाको ज्योति छर्ने काममा जीवन समर्पित गरे। तत्कालिन शासकहरुलाई उनको यो कार्य रुचाएन पचेन ।
सिरिजंगालाई देश निकाली गरेर सिक्किममा षड्यन्त्रपूर्वक हत्या गरियो।विगतमा राज्यले लिएको एक भाषा एक धर्म एक संस्कृतिको नीतिले गर्दा सिरीजंगा लिपि संकटमा परेकै हो।
पछिल्लो राजनीतिक परिवर्तनपछि वल्ल सबै जातजातिका मातृभाषाहरुलाई राष्ट्रभाषाको मान्यता दिइएको र संविधानको धारा ३१ (५) अनुसार हरेकले आकने मातृभाषामा शिक्षा लिन र शैक्षिक संस्था स्थापना संचालन गर्न पाउने आवस्था भए वमोजिम सिरिजङ्गा विश्वविद्यालयको अवधारणा अघि सारिएको हो।
सुरुवाति अवस्थामा सिरिजंगा लिपिको प्रयोग याक्थुङ जातिको मातृभाषाको लागि मात्रै हुने गरेकोमा हाल आएर राई जाति भित्रका सबै भाषिक समुदायहरुको साथै याख्खा सुनुवार चार किराँतले यस लिपिलाई मातृभाषाको लिखित अभिव्यतिmको महत्वको रुपमा यसको प्रयोग हुन थालेको अवस्था छ।
यी सबै जातिहरुको साझा लिपिको र रुपमा यसको प्रयोग हुन थालेको छ। यसरी हेर्दा यी जातिहरुको मातृभाषाहरुका विकास र संरक्षणको लागि सिरिजंगा लिपिमा पठनपाठन हुने कोशी प्रदेश स्तरीय भाषा–लिपि शिक्षालयको टंड्कारो आवश्यकता छ।
यस किसिमले सुरुवात हुने पाठशालालाई भविष्यमा विश्व विद्यालयको रुपमा विकास गर्न आवस्यक छ। विश्वविद्यालयको संरचना र अवधारणा कस्तो हुने भन्ने कुरा निक्यौल गर्नकै लागी उच्च स्तरीय अध्ययन कार्यदल गठन र आधिकारिक रुपमा सम्याव्यता अध्ययन गर्न माग गरिएको हो।
नेकपा एमाले सम्वन्ध जनसँगठन लोकतान्तिक आदिवासी जनजाति महासंघ कोशी प्रदेशका पदाधिकारी कमरेडहरुसंग छलफल गर्ने क्रममा यो सिरिजङगा लिपिलाई पनि संस्कृति विश्वविद्यालयकै स्तरमा पठन पाठन गर्न पाए राम्रो हुन्थ्यो भन्ने गंभीर छलफल गर्यौ । विभिन्न सरोकारवाला साथीभाईहरुसंग छलफल गर्ने क्रममा आएको हो।
साथै यसलाई किराँत लिपी पनि भनिन्छ ।विदेशी विद्यार्थीहरु किरात लिपिको विषयमा अध्ययन गर्न आउने भएकोले र लोप हुनबाट बचाउनको लागि यो अवधारणा आएको हो ।
वास्तबमै लोप हुन लागेको राष्ट्रको सम्पती संरक्षण हुन्छ ।जनयुद्ध ,१९ दिने जन आन्दोलनबाट प्राप्त उपलब्धीहरूको कार्यान्वयन हुन्छ । २०७२ को संविधानको रक्षा हुनुको् साथै किराँत जातीहरुको ठुलो आत्मा सम्मान हुन्छ ।
नेपालमा सवै खाले जातजातीको सम्मान हुने रहेछ भन्ने हुन्छ ।सरकार सवै जातजातीको भाषा,संस्कृति संरक्षणमा उतिकै जिम्मेवार र अभिभावकत्व भुमिका निर्वाह गर्ने रहेछ भन्ने सकारात्मक सन्देश जान्छ । अवस्य पनि संभव हुनेछ भन्ने विश्वस्त छौं ।
तर यसका लागि हाम्रो अभिभावक भनेको सरकार त्यस भित्र पनि हामी कोशी प्रदेशमा रहेकाले यसलाई सफल वनाउनको लागि मुख्य भुमिका भने कोशी सरकारको सकरात्मक भुमिका हुनु पर्दछा त्यसै गरि सम्वन्धित जातिय भाषिक संस्था को र प्रदेश सरकारको पहल कदमीमा एउटा सम्यष्यता अध्ययन कानुनेरुल गठन गरी अगाडी वढ्नु परेछ।त्यसका लागि सरकारले एउटा संभाव्यता अध्ययनको लागि कार्यदल गठन गर्नुको लागि पहल कदमी गर्न आवस्यक छ ।
हामीले भखरै मात्रै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई कोशी प्रदेशमा सिरीजंगा विश्वविद्यालय बनाउनको लागि माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छौ।यसलागि मुख्यमन्त्री कार्की सकारात्मक पनि हुनु हुन्छ । हाम्रो मागलाई आगामी वजेट मार्फत कायान्वयन गर्न र गराउन प्रतिवद्धता समेत व्यतm गर्नु भएको छ ।
निश्चय पनि हामी अव निरन्तर लागि पर्नेछौं ।कोशी प्रदेश सरकार सकरात्मक पहल कदीमी भए चाडै सम्पन्न हुन्न सक्दछ ।
हामी कोशी प्रदेश सरकारसँग माग राखेका छौ। प्रदेश सरकारले एउटा अध्ययन टोली बनाउँछ। उक्तm टोलीले जहाँ भन्छ,त्यहीँ पनि हुन सक्दछ । तर मेरो विचारमा सबै जातचातिको बसोबास गरेको ठाउँ घरान भएको हुनाले घरानमा नै उपयुक्त हुन्छ भन्ने लाग्छ ।
निश्चय पनि यसका लागि अव चाँडै कोशी प्रदेश सरकारले उच्च स्तरीय संभाव्यतता अध्ययन टोली बनाउने छ र अध्ययन टोलीको कार्यदलले प्रतिवेदन तयार गर्ने अपेक्षा हामीले लिएका छौं ।सोही अनुरुप हाम्रो योजना अघि बढ्छ ।
हामीले सिरीजंगाको मात्रै होइन किराँतहरुको आस्थाको केन्द्र खुवालुङलाई संरक्षण ,आदिवासी जनजातीहरुको भाषा,धर्म संस्कृत संरक्षण ,तराईमा वसोवास गर्ने थारु,धिमाल,राजवंशी,मेच,उराव,खवास लगायतको धार्मिक स्थललाई संरक्षण ,आदिवासी जनजातीको संस्कृति र सभ्यता संरक्षण गर्न महोत्सव , धरान स्थित किराँतीहरुको ऐतिहासिक विजयपुर दरबारको लागि पनि वजेट सुनिश्चित गरी कार्यान्यन गर्नको लागि माग गर्दै आईरहेका छौं ।
निश्चय पनि हाम्रो यो माग कुनै स्वार्थ होइन,राज्यको सम्पती हो र राज्यको सम्पतीलाई संरक्षण र व्यवस्थित गर्नु तपाई हाम्रो कर्तव्य र दायित्व पनि हो ।
(लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशीका सचिब नुलाम राईसँग कुराकानीमा आधारित )