बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यसमितिले भोटेकोशी नदीको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाकालागि ५ लाख रकम सहयोग गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग गरेको हो । क्षेत्रिय कार्यसमितिले बिहिवार राहत रकम हस्तान्तरण तथा दाता सम्मान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइरा
काठमाडौँ/ प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् । यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय भएको थियो । तर भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका नदी किनार
विराटनगर/ सबैभन्दा पछाडी पारिएको समुदायले भोग्नुपर्ने अमानविय जातिय विभेद र छुवाछुत कसुरको उजुरी लिन पाउने अधिकार सहितको निर्देशक समिति बनाएर दलित अधिकार ऐन निर्माण गर्न कोशी प्रदेश सभालाई नागरिकहरुले सुझाव दिएका छन । संघीयता कार्यान्वयन भएको नौ बर्षपछि बल्ल दर्ता भएको दलित अधिकार ऐनलाई अन्य प्रदेशको भन्दा अनुकरणीय र पिडित समुदायका लागि अधिकारको प्रत्याभुति दिलाउनका लागि अधिकार सम्पन्न संरचना सहितको दलित अधिकार ऐन निर्माण गर्न नागरिकहरुले कोशी प्रदेश सभालाई सुझाव दिएका हुन । मानव अधिकार कानुनका विज्ञ कोषराज न्यौपानेले प्रदेश सभामा दर्ता भएको विधेयकको नाम दलित अधिकार भएपनि न्यायको पहुँचक
धरान/ नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशनले काठमाण्डौका सुवास राईलाई केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । संघव्दारा आज मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो । महाधिवेशन सोमवार किरात राई यायोख्खाको यलम्बर भवनमा भएको थियो । महाधिवेशनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्ष सुवासचन्द्र राई, निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राई, उपाध्यक्ष राजाबाबु किराँती, उपाध्यक्ष सारिका राई, महामन्त्री खगेन्द्र राई, सहमहामन्त्री राजकुमार राई, सहमहा
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।
धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने एजेण्डासहित नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी भदौ १५ गते धरानमा हुने भएको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घअन्तर्गत रहेको सङ्घले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै भदौ १५ गते सोमबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा महाधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो। महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन क्षेत्रबाट ३/३ जना प्रतिनिधि, एउटामात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट ४ जना तथा काठमाडौं उपत्यकाबाट समेत प्रतिनिध
धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकको पद आठ महिनादेखि रिक्त रहँदा पठनपाठन प्रभावित भएको छ। आगामी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत शिक्षक अभावका कारण प्रत्यक्ष मारमा परेका छन्। शिक्षक नियुक्तिको विषयलाई लिएर वडा अध्यक्ष भूपेन्द्र भट्टराई र धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष भट्टराईले शिक्षक नियुक्तिका लागि पटक–पटक नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएको आरोप लगाए। विद्यालयका प्रधानाध्यापक होम
धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिले कुलुङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्नुपर्ने लगायतका माग राख्दै कोशी प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ। संघका केन्द्रीय अध्यक्ष दौलथ कुलुङको नेतृत्वमा गएको टोलीले कोशी प्रदेश सरकारका नवगठित मन्त्रीहरूसँग भेट गर्दै कुलुङ समुदायको पहिचान, अधिकार र संस्थागत विकाससँग सम्बन्धित माग अघि सारेको हो। संघले कुलुङ समुदायलाई नेपालका आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि आईएलओ १६९ लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तथा संघको संस्थागत विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग
झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। इलाका प्रह
इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् । युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह र