काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपाल भोटेकोशी बाढी प्रभावित जिल्लाको अवलोकनमा निस्किएका छन् ।
विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन् ।
भोटेकोशी बाढीबाट पीडितहरूलाई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा प्रभावित क्षेत्रमा गएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
धादिङको गल्छी, महेश दोभानमा अनुगमनपछि टोली अहिले नुवाकोटतर्फ गएको छ । बेत्रावतीसम्म पुगेर टोली काठमाडौँ फर्किन ज्वालाले जानकारी दिए ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिम पहिरो सहित आएको विनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा ठुलो जनधनको क्षति भएको थियो ।
नेपालको टोलीमा प्रवक्ता ज्वाला, पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे लगायत नेताहरू सहभागी छन् । यसअघि पूर्वप्रधानमन्त्री एवं संयोजक पुष्पकमल दाहाल प्रचण्ड बाढी प्रभावित क्षेत्रमा गएका थिए ।