- चन्दन रौनियार
दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट राजकुमार रौनियार (राजु)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। सम्पन्न १५ अौ अधिवेशनले वडा सभापति पदमा राजकुमार रौनियार (राजु)लाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
अधिवेशनले सभापतिका साथै अन्य पदाधिकारी तथा सदस्यहरूसमेत सर्वसम्मतिमै चयन गरेको छ। नवगठित कार्यसमितिको उपसभापतिमा सुवास शर्मा र सरस्वती साह हलुवाई, सचिवमा नवीन कुमार रौनियार तथा सह-सचिवमा खेरुल खातुन चयन हुनुभएको छ।
त्यसैगरी वडा कार्यसमिति सदस्यहरूमा सविना खातुन, हरि भक्त राई, बाबुराम खत्री, सन्तकुमार नुन्दी, बालेश्वर मल्लिक, प्रदिप साहतेली, किरण ठाकुर सोनार र निता आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले वडास्तरमा सङ्गठन विस्तार, लोकतान्त्रिक मूल्य-मान्यताको संवद्र्धन र जनहितका कार्यहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशन समापनका अवसरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले नवनिर्वाचित सभापति रौनियारसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।