धरानमा कुलमान घिसिङको संघर्षदेखि राजनीतिक असफलतासम्मको कथा

  • असोज ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष कुलमान घिसिङ सोमबार धरान-१६ स्थित सियोन स्कुलमा पुगेर विद्यार्थीहरू र शिक्षक सँग आफ्ना संघर्ष, सफलता र असफलताका अनुभव साझा गर्नुभएको छ।

   एक हजारभन्दा बढी विद्यार्थीमाझ आफ्ना जीवनका अनुभव सुनाउँदै घिसिङले सफलताका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँमा जन्मिएर खाली खुट्टा करिब डेढ घण्टा हिँडेर स्कुल जानेदेखि राति टुकीको उज्यालोमा पढेको र पछि काठमाडौं पुगेर अध्ययन गरेको अनुभव विद्यार्थीहरूसँग साझा गर्नुभयो।

“जीवनमा जुनसुकै क्षेत्रमा लागे पनि पटक-पटक असफलता आउन सक्छ। तर निरन्तर लागिरहनुपर्छ। असफलता नै सफलताको चिनारी हो,” घिसिङले विद्यार्थीहरूलाई भन्नुभयो।

सियोन स्कुलका प्रिन्सिपल/निर्देशक खड्गबहादुर थापामगर, भाइस प्रिन्सिपल राकेश चौधरीलगायतले फूलको बुके र खदा लगाएर घिसिङलाई विद्यार्थीहरूमाझ स्वागत गरेका थिए।

घिसिङले स्कुलका शिक्षक-शिक्षिकासँग पनि आफ्ना अनुभव साझा गर्नुभयो। विद्युत् प्राधिकरणको सीईओ हुँदा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य गर्न आफूले गरेका प्रयास तथा प्राधिकरणलाई नाफामा लैजान सफल भएको अनुभव उहाँले सुनाउनुभयो।

बिहानी प्रार्थना सभामा विद्यार्थीहरूसँगको अन्तरक्रियाका क्रममा घिसिङले आफ्नो शैक्षिक तथा व्यावसायिक जीवनमा आफू धेरैपटक पहिलो भएको तर राजनीतिमा आएपछि गत वर्षको निर्वाचनमा असफल भएको प्रसंगसमेत सुनाउनुभयो। असफलतालाई अन्त्य नभई अर्को प्रयासको सुरुवातका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

सियोन स्कुलका प्रिन्सिपल थापामगरले विगतमा काठमाडौंमा सभा तथा सेमिनारमा जाँदा होटलमा बत्ती कहिले जाने र कहिले आउने भन्ने निश्चित नहुने गरेको स्मरण गर्दै घिसिङ प्राधिकरणको सीईओ बनेपछि लोडसेडिङ अन्त्य भएको बताउनुभयो।

“उहाँलाई भेट्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। यसपटक धरान आउनुभएको अवसरमा आफैँले अनुरोध गरेर बोलाएँ, उहाँ आउनुभयो। खुशी लागेको छ,” थापामगरले भन्नुभयो।

घिसिङको संघर्षपूर्ण बाल्यकालदेखि प्राधिकरणको नेतृत्वसम्मको यात्रा र पछिल्लो राजनीतिक असफलताको प्रसंगले विद्यार्थीहरूलाई जीवनमा चुनौती र असफलताबीच पनि निरन्तर अघि बढ्न प्रेरित गरेको स्कुलले जनाएको छ।

नेपाली कांग्रेस दुहब ...

दुहबी/ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सुनसर ...

विश्वकर्मा पूजामा २ ...

धरान/ धरान–८ तीनकुनेस्थित श्री श्री १०८ बाबा ...

धरानमा खेलाडीको सम्म ...

धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद ...

राजकुमार रौनियारको न ...

दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved