विराटनगर/ एक नम्बर प्रदेश सभाका विपक्षी दलले सरकार संसद छलेर स्वेच्छाचारी बन्न उद्दत रहेको आरोप लगाएका छन । प्रतिपक्षको विरोधका बीच प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आइतबारबाट अन्त्य भएपछि विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेताले सरकारको आलोचना गरेका हुन । प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा नेकपा माओवादीका सांसद इन्द्र आङ्बोले संसदका एउटा पनि बैठकमा उपस्थित नभएर मुख्यमन्त्री अन्तिमको बैठकमा आउनु स्वेच्छाचारिता भएको टिप्पणी गरे । उनले भने, “विपक्षीको माग सुनुवाई गर्नुको साटो सरकारबाट संसद छल्ने काम भएको छ ।” आङ्बोले प्रदेश सर
विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको हिउँदे अधिवेशनको अन्तिम बैठकमा विपक्षी दलले उठेर विरोध गरेका छन । आइबार बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदको नाराबाजीबीच सभामुख प्रदिपकुमार भण्डारीले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन । सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको छ । बैठकमा विपक्षीको कुरा राख्न सभामुख प्रदिपकुमार भण्डारीले समय दिएपछि प्रमुख विपक्षी कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनु पर्ने माग गरे । तर, सभामुख भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्र पढेर सुनाई हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरे ।
विराटनगर/ एक नम्बर प्रदेश सरकार विपक्षी दलको मागको विषयमा गम्भीर बन्नुको साटो सदन छल्न थालेको छ । यसबाट प्रदेश सभा बैठक निरन्तर अबरुद्ध हुन पुगेको छ ।सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपाभित्रको किचलो टुंगिएको छ । तर विवादबीच तीन महिनाको अवधिमा जम्मा ७ पटकमात्र प्रदेश सभाको बैठक बस्यो । पछिल्ला बैठक विपक्षी दलले अवरोध गरेका कारण नियमित चल्न सकेको छैन । सोमबार पनि बैठक अवरुद्ध हुन पुग्यो । विपक्षी दललाई मनाउन मुख्यमन्त्री शेरधन राईले आफ्नै कार्यालयमा सर्वदलीय बैठक राखेपनि सहमति जुटाउन सकेनन् । मुख्यमन्त्रीनै सदनमा आएर जवाफ दिनुपर्ने विपक्षी अडानका कारण सहमति हुनसकेन । गत माघ ७ गतेबाट प
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन भन्दै मोरङको सुन्दरहरैंचा स्थित एउटा सिंगो गाउ“ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने १ सय भन्दा बढि स्थानीयहरू नेकपा एमालेमा प्रवेश गरेका हुन । यस अघि नेपाली कांग्रेस र एमाओवादीमा आवद्ध स्थानीयहरू पनि ओलीको जिन्दावादको नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनीहरूले सामूहिक हस्ताक्षर सहित नेकपा एमालेको वडा कमिटीलाइ एक कार्यक्रम गरी बुझाएका हुन । जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्तरुपमा हस्ताक्षर रहेको छ । गाउँ
विराटनगर / नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो चयन भएका छन । आङ्बोलाई पार्टीले सर्वसम्मत ढंगबाट संसदीय दलको नेतामा चयन गरिएको हो ।यसभन्दा अघि संसदीय दलको नेतामा टंक आङ्बोहाङ रहेका थिए । आङबोहाङ नेकपा केन्द्र छोडेर एमालेकातर्फबाट प्रदेश नं. १ को आर्थिक मामिला मन्त्री समेत बनिसकेका छन् ।आङबोहाङले पार्टी छाडेपछि सोही स्थानमा इन्द्र आङबोलाई संसदीय दलको नेता बनाइएको हो । सोमबार विराटनगरमा बसेको माओवादीको संसदीय दलको बैठकले आङ्बोहाङलाई आफ््नो अवस्थाबारे जानकारी दिन २४ घण्टे स्पष्टीकरणसमेत सोध्ने निर्णय गरेको छ । योस“गै बैठकले अन्य पदाधिकारी समेत चयन गरेको छ । बैठकले
धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले कुनै व्यक्तिको सनक र एउटा समुहको निर्णयबाट पार्टी नचल्ने बताउँदै एमाले विधान अनुसार चल्ने पार्टी भएको दाबी गरे । शनिबार नेकपा एमाले (नेपाल समुह)को धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा सपथ कार्यक्रममा निरौलाले पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्मा केन्द्रित भएका कारण आम कार्यकर्ताले दुख पाएको बताउँदै उनले आधिकारीक पार्टिको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा बोल्दै एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले एउटा समुहले आफुहरु अधिबेशनबाट निर्वाचित भएर आएको र सर्बोच्च अदालतले
विराटनगर । प्रदेश १ सरकारको मन्त्रीमण्डल शुक्रबार विस्तार हुँदैछ । मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रिपरिषद्मा चार जना नयाँ थप्ने र दुई जना राज्यमन्त्रीलाई बढुवा फूलमन्त्रीमा बढुवा गर्दैछन । सबैको सपथग्रहण प्रदेश प्रमुखले आजै गराउँदै छन ।कृषि राज्यमन्त्री रामकुमार राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ‘फुल मन्त्री’ बन्दैछन । यसैगरी नयाँ मन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा दिईंदैछ । प्रदेश सांसद उषाकला राई सामाजिक विकास राज्यमन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार
धरान । देशको सार्वभौमसत्तानै जनता भएकाले ठुलो शक्ति पनि जनतानै रहेको बताउँदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको मालिकनै जनता भएकाले सबै किसिमका निर्णय उनीहरुले नै गर्ने बताए । धरानमा मंगलबार ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा पहिलो दिनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जुकुसुकै जातीका जनता भए पनि उनीहरुको भोट कांग्रेसले लिन सक्नुपर्नेमा जोड दिए । उनले भने, दलित जनता, होस्, आदिवासी, महिला, थारु जनता सबैको साझा पार्टी कांग्रेसनै हो, दलित जनतालाई आरक्
धरान÷नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ । धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ । त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ । सर्बोच्च अदालतको फैसलापछि पार्टी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गत
मोरङ/ सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फर्किएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्धको हस्ताक्षर फिर्ता लिन एमालेका सांसदहरुलाई आग्रह गरेका हुन् ।उनले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने पनि बताएका छन् । सभामुख सहित तत्कालिन एमालेबाट प्रदेश एक संसदमा प्रतिनिधित्व गर्ने ५१ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादीसँग एकता भएपछि नेकपासँग ६७ सदस्य रहेको थियो । ति मध्ये ३७ सदस्यले गत पुस १२ गते मुख्यमन्त्