संसद विघटन विरुद्ध प्रतिरोध गर्न मोरङ कांग्रेसको आह्वान

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटन विरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ ।

विज्ञप्तिमार्फत कांग्रेस मोरङले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदमको घोर निन्दा र आपत्तिसमेत जनाएको छ । संसद विघटनविरुद्ध स्थानीय तहदेखि जिल्ला तहसम्म स्वास्थ्य मापदण्ड अपनाएर प्रतिरोधमा उत्रिने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए ।

रोग र भोकले जनता आक्रान्त बनेका बेला प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जालसाजी गरेको उनले बताए । सचिव कोइरालाले सामाजिक सञ्चालन र भर्चुल माध्यमबाट भए पनि प्रतिकारमा उत्रिन आह्वान गरे ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved