कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गराउन माग गर्दै संसद विघटन विरुद्ध सर्वोच्चमा रिट

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मन्त्रीपरिषदको निर्णय अनुसार राष्ट्रपतीबाट संसद विघटन गर्दै निर्वाचन घोषणा गरिए पछि विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट बुझाएका छन् ।

सोमवार गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समुह सहित एमाले माधव समुह रहेका छन् । उनीहरु निकट सांसदहरुको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरू आफैं अदालत पुगेर रिट दायर गरेका हुन् ।

रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको छ ।

रिट बुझाउन सबै पार्टीका नेताहरुको उपस्थिती रहेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादवलगायतका नेताहरू सर्वोच्च पुगेका थिए ।

रिटमा १ सय ४६ सांसदले हस्ताक्षर गरेको बताइएको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved