कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गराउन माग गर्दै संसद विघटन विरुद्ध सर्वोच्चमा रिट

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मन्त्रीपरिषदको निर्णय अनुसार राष्ट्रपतीबाट संसद विघटन गर्दै निर्वाचन घोषणा गरिए पछि विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट बुझाएका छन् ।

सोमवार गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समुह सहित एमाले माधव समुह रहेका छन् । उनीहरु निकट सांसदहरुको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरू आफैं अदालत पुगेर रिट दायर गरेका हुन् ।

रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको छ ।

रिट बुझाउन सबै पार्टीका नेताहरुको उपस्थिती रहेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादवलगायतका नेताहरू सर्वोच्च पुगेका थिए ।

रिटमा १ सय ४६ सांसदले हस्ताक्षर गरेको बताइएको छ ।

 

अध्यारोबाट उज्यालोतर ...

धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका ...

मेची भन्सार कार्यालय ...

झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ क ...

धरानको बजेट प्रक्रिय ...

धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर् ...

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved