धरान/उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् । उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिमका अनुसार संगठन विस्तार र कार्यकर्ता भेटघाटका लागि कुलमान देश दौडाहामा लागेका हुन् । पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् । इलाम २ को उपचुनावमा उठेका थेगिम र डा. महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ । हर्कले अहिले पूर्वी पहाडमा आफ्नो पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । यस्तो अवस्
धरान/ तीन-तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार–यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले देश परिवर्तनका लागि वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, १२ सय प्राचीन अष्टगुरु रिनपोछे लिला विश्वशान्ति पूजा तथा ङ्युङ्ने व्रत–२०८२’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘गालीगलौज र दुष्प्रचारले होइन, सहकार्य र सामूहिक प्रयासले मात्र समृद्धि आउँछ’ भन्दै राजनीतिक पात्रहरूबीच संयम र सहकारिताको आवश्यकता रहेको बताए। ‘सही समयमा सही व्यक्ति नेतृत
धरान/ नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि सुनसरी क्षेत्र नं–१ बाट प्रतिनिधि छनोट शनिबार मतदानमार्फत सम्पन्न भएको थियो । सहमति नजुटेपछि तीन स्थानमा भएको मतदानबाट ५ जना प्रतिनिधि निर्वाचित भएका हुन्। खुल्लातर्फ १० जनामध्ये मुरारी सुवेदी ७९६, जयकुमार राई ७७६ र आसाराम चौधरी ६७४ मतसहित विजयी बने। कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतलाई ३७६ र विजयकुमार राईलाई ३९१ मत मात्र परेपछि उनीहरू पराजित भए। महिलातर्फ २ सिटका लागि भएको प्रतिस्पर्धामा सीता भण्डारी पौडेल ७६६ र सुशिला पहाडी ढकाल ७१५ मतसहित प्रतिनिधिमा निर्वाचित भए। महिला मा ६ जना प्रतिस्पर्धी थिए। युवातर्फ ३ जनाबीच भएको कडा प
धरान/ धरानमा जेन-जी युनाइटेड अभियानले शनिबार विशाल कोणसभा सम्पन्न गरेको छ। धरानको भानुचोकमा ठूलो संख्यामा भेला भएका सहभागीहरूले छाता चौक, चतरालाईन, कल्याण चौक हुँदै पुतली लाइनमार्ग समेटिएको शान्तिपूर्ण र आकर्षक र्याली निकालेका छन्। कार्यक्रमलाई चेतनामूलक र सांस्कृतिक रूपमा समृद्ध बनाउन जेन-जी कलाकारहरूले देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गर्दै जनचेतना र राष्ट्रप्रेमको भावनालाई झनै प्रबल बनाए। विभिन्न स्थानमा छरिएका जेनजी युवालाई एकताबद्ध गर्न आयोजित कोणसभामा अधिकांश वक्ताहरूको एउटै सन्देश थियो— “जेनजीहरू एक बनौँ, राष्ट्र बनाऔँ, लक्ष्यलाई यथार्थमा बदलौँ।”
विराटनगर/ एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले बेलुनको लोला छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र व
धरान/ विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ। आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए। कार्यक्रम सञ्चालिका सिमा राईक
काठमाडौँ/ सोमबार मध्यराति एकाएक ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीहरुले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेका छन्। निकटस्थ सहयोगीका अनुसार, सुतिरहेको अवस्थामा नै मध्यराति प्रहरी टोली प्रसाईंको घर पुगेको थियो। घरभित्र प्रवेश गरेर कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको एक प्रहरी अधिकृतले पुष्टि गरेका छन्। पक्राउ गर्ने क्रममा निवास परिसरमै खिचिएको एक भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रसाईं आफैँलाई गाडी चढ्दै गरेको दृश्य खि
सुनसरी/ धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं.–१ बाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्। उनले संघीय निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले मेयर पदबाट राजीनामा गर्ने निर्णय अन्तिम चरणमा पुगेको बताइएको छ। २०७९ को प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रबाट जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए। स्थानीय तहको सोही वर्ष भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका साम्पाङ पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्
धरान/ महँगी दिनहुँ बढ्दै गए पनि आफूहरूको ज्याला भने वर्षौँदेखि उही रहेको गुनासो धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले गरेका छन्। जिफन्ट (जेनरेशन फ्रेन्ड्स अफ नेपाल ट्रेड युनियन) ले शनिबार धरानमा आयोजना गरेको श्रमिक–संवाद कार्यक्रममा सहभागी मजदुरहरूले आफ्नो वास्तविक दुःख–पीडा खुलाएर राखे। संवादमा निर्माण मजदुर, यातायात मजदुर, अटो–मेकानिक्स, उद्योगका मजदुर, सुरक्षा श्रमिक, सरसफाइ कर्मचारी, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मीलगायत विभिन्न क्षेत्रका ४५ जना श्रमिक अगुवाहरूको सहभागिता थियो। वर्षौंदेखि चार सय रुपैयाँ भत्तामा काम गरिरहेको बताउँदै स्वास्थ्य
काठमाडौं/ प्रतिनिधिसभा विघटनलाई “प्रतिगामी कदम” भन्दै विरोधमा उत्रिएको नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शन र जनसभा गर्दैछ। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले चरणबद्ध जनपरिचालनलाई आज देशव्यापी बनाएको हो। एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म जनआन्दोलन विस्तार गर्ने निर्णय गरेको थियो। सोही अनुसार भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्न दोषीमाथि कारबाही र संसद् पुनःस्थापनाको माग राख्दै देशभर विरोध कार्यक्रम चलाइरहेको छ। कार्तिक २५ मा स्थानीय तहस्तरबाट सुरु गरिएको प्रदर्शनलाई आज