धरानमा जेनजी युनाइटेडको विशाल कोणसभा सम्पन्न

  • मंसिर ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जेन-जी युनाइटेड अभियानले शनिबार  विशाल कोणसभा सम्पन्न गरेको छ।

धरानको भानुचोकमा ठूलो संख्यामा भेला भएका सहभागीहरूले छाता चौक, चतरालाईन, कल्याण चौक हुँदै पुतली लाइनमार्ग समेटिएको शान्तिपूर्ण र आकर्षक र्‍याली निकालेका छन्।

कार्यक्रमलाई चेतनामूलक र सांस्कृतिक रूपमा समृद्ध बनाउन जेन-जी कलाकारहरूले देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गर्दै जनचेतना र राष्ट्रप्रेमको भावनालाई झनै प्रबल बनाए।

विभिन्न स्थानमा छरिएका जेनजी युवालाई एकताबद्ध गर्न आयोजित कोणसभामा अधिकांश वक्ताहरूको एउटै सन्देश थियो— “जेनजीहरू एक बनौँ, राष्ट्र बनाऔँ, लक्ष्यलाई यथार्थमा बदलौँ।”

जेनजी आन्दोलनको बलिदान र घाइतेहरूको पीडालाई संस्थागत रूपमा सम्बोधन नहुँदा ‘राष्ट्रिय परिवर्तन पार्टी’ स्थापना गरिएको कार्यक्रमका प्रमुख वक्ता तथा बिर्तामोडको जेनजी आन्दोलनमा दाहिने खुट्टा गुमाएका राजेश पोर्तेलले बताए। २१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टी दर्ता भइसकेको र निर्वाचन चिन्ह ‘बाँसुरी’ तय भएको उनले जानकारी गराए।

पोर्तेलले अन्तरिम सरकारले जेनजी आन्दोलनको बलिदानलाई बेवास्ता गरिरहेकाले भविष्यमा चुनावी माहोल बनेपछि माग झनै ओझेलमा पर्ने आशंकाले पार्टी गठन गरेको भन्दै, हिजोका जनआन्दोलनजस्तै बलिदान फेरि खेर नजाओस् भन्ने उद्देश्य स्पष्ट पारे।

उपाध्यक्ष अजयकुमार राईले पनि आन्दोलनका घाइते र सहिद परिवारको आवाज सशक्त रूपमा स्थापित गर्न पार्टी खोल्नु बाध्यता बनेको बताए। “हामी आन्दोलनमा होमिँदा कुनै चुनावको कल्पना थिएन, तर हाम्रो आवाजलाई सुनाइ दिनुपर्ने आवश्यकता देखिएपछि पार्टी गठन गरियो,” उनले भने।

महासचिव अन्जु राई, सचिव सागर तामाङ र कोषाध्यक्ष उषा लक्ष्मी तुम्वाहाङफे रहेको केन्द्रीय समिति कोसी प्रदेशका जेनजी युवाले नेतृत्व गरेको छ।

जेनजी युनाइटेड अभियानको कार्यक्रम शैली पुराना राजनीतिक सभाभन्दा भिन्न देखियो। सभाध्यक्ष, प्रमुख अथिति वा विशेष अतिथि राखिएको थिएन। कार्यक्रम सञ्चालिका अन्जु राईले उद्देश्य स्पष्ट पार्दै कार्यक्रमको प्रवाह सहज बनाइन्। कलाकारहरूको प्रस्तुति, युवा–युवतीको अनुशासन, मञ्चमा पालो पालो सम्हालिएको चारवटा राष्ट्रिय झण्डाले कार्यक्रमलाई झनै प्रभावकारी बनायो।

सभ्य, शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न यो कार्यक्रममा सहभागी युवाले जेनजी आन्दोलनलाई एकताको नयाँ धार र दिशा दिने प्रतिबद्धता व्यक्त गरे।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved