एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास, दुईजना पक्राउ

  • मंसिर ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले  बेलुनको लोला छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् ।

इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए।

घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ।

विमानस्थल परिसरमा सुरक्षामा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन। घटनापछि विमानस्थल र कार्यक्रमस्थलमा सुरक्षाव्यवस्था कडा बनाइएको छ ।
बस्नेत आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन्। पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved