राजनीति

    Showing 1,411-1,420 of 1,922 items.
  • रंगेलीमा पुनः निर्वाचन हैन मतगणना हुन्छ : प्रमुख आयुक्त

    मोरङ/ विवादक कारण शनिवारदेखी मतगणना स्थगित भएको मोरङमा पुनः निर्वाचन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । सोमबार मतगणना स्थलको अनुगमनमो क्रममा विराटनगरस्थित आर्दश मा वि आएका थपलियाले पुनःल् निर्वाचन नहुने मतगणना हुने बताएका हुन् । ‘मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिने छन्। रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ। मतगणना सुरू हुन्छ पुनः निर्वाचन होइन,’ उनले भने। थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 4,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा साँगुरीगढीको अध्यक्षमा गठबन्धनका जितेन्द्र विजयी

    धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार बनेको जितेन्द्र रुम्दाली विजयी बनेका छन् । निकटतम प्रतिद्वन्दी एमालेका कुमार जंग याख्खालाई १ हजार ५ सय ७१ मतान्तरले पराजित गर्दै गठबन्धनका रुम्दाली विजयी भएका हुन् । जितेन्द्रले ६ हजार ३ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका कुमारजंग याख्खाले ४ हजार ८२८ मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राईले जित हासिल गरेकी छिन् । राईले गठबन्धनका उपाध्यक्ष उम्मेदवार जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई ५ सय १४ मतले हराउँदै जित हासिल गरेकी छन् । लावतीले ४ हजार १३

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कानेपोखरी २ मा एमालेको प्यानलै विजयी

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजय भएको छन् । एमालेका तर्फबाट उम्मदेव्वार बनेका शुशिल बुढाथोकी १ हजार ८ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५ सय ६० मतको अन्तरले पछि पार्दै वियजी भएका हुन् । त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १ हजार ७ सय ६२, दलित महिला सदस्य किना ऋषिदेव १ हजार ७ सय ७४, खुल्ला पहिलो सदस्य केशव दाहल १ हजार ६ सय ९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १ हजार ६ सय ३९ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् । त्यसैगरी एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘निर्वाचन भड्किलो र खर्चिलो बन्दै गयो’

    धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् । विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए । पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताए । “देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचन अप्डेटः धरानमा उपमहानगरपालीकामा काङ्ग्रेसको अग्रता

    धरान । धरान उपमहानगरपालीकामा ३ सय मत गणना गर्दा नेपाली काङ्ग्रेसका उमेद्वार किशोर राईले अग्रता लिएका छन् । मेयरमा राईले ११६ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै गरी नेकपा एमालेकी उमेद्वार मञ्जु भण्डारीले ६१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार हर्क साङ्पाङले ६१ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादीका आईन्द्र बिक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेद्वार पदम लिम्बुले ६७ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 1,283 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचन अपडेट: कानेपोखरीमा एमालेको अग्रता कायमै

    मोरङ । मोरङको कानेपोखरी गाँउपालीकामा २ हजार ८ सय मत गणना गर्दा एमाले अग्रता लिएको छ। अध्यक्ष एमालेकी उम्मेदवार राजमती इङ्नाम १ हजार १ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ७ सय ६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सूर्य धिमालले ५ सय १० मत प्राप्त गरेका छन् । उपाध्यक्ष एमालेका भोला अधिकारीले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी कांड्ग्रेसकी मनकुमारी गुरुङले ९ सय २४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी तारा ओझाले २ सय ९१ मत प्राप्त गरेकी छन्।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचन अप्डेट :इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमालेको प्यानलनै विजयी

    धरान । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।   भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए ।   उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए ।   महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 1,120 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मतदान शिक्षा : मत बदर कसरी हुन्छ ?

    धरान । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ । मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ । कुनैपनि

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 1,278 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हरेक चुनावमा राजनीतिक दलको एउटै एजेन्डा’

    धरान । निर्वाचनमा जितेर गएकाहरुको निस्क्रियताका कारण चुनावताका घोषणापत्रमा समेटिएका प्रतिबद्धता काममा नभई कागजमै सीमित हुदा राजनीतिक दलले हरेक निर्वाचनमा एउटै एजेण्डा बोकेर चुनावमा जाने गरेका छन् । धरानको स्थानीय निर्वाचनलाई हेर्ने हो भने ०७४ सालको स्थानीय निर्वाचनमा दलहरुले घोषणापत्रमा समेटिएका एजेन्डा ०७६ सालको उपनिर्वाचनमा पनि प्राथमिकतामा राखेका थिए भने ०७९ को स्थानीय चुनावमा समेत यथावत राखेका छन् । हरेक निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामाझ गएकै कारण राजनीतिक दलहरुप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको बढ्दै गएको छ । एउटै एजेन्डा बारम्बार लिएर गएका कारण राजनीतिक दलप्रति जनताको विश्वास ह

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'हामीलाई चुनावको चासो नै छैन'

    धरान । मुलुका सबै सहर तथा गाउहरु चुनावमय भएको छ । बाटाघाटामा विभिन्न दलका प्रचारात्मक झण्डा राखिएका छन्, नारा जुलस गरिएको छ, प्रचारात्मक अभियानलाई तिब्रता दिइएको छ तर यस्ता वर्ग छन् उनीहरुलाई चुनावले छुन नै सकेको छैन । दिनभरि तातो घाममा काम गरेर थकान भएका उनीहरु कुनै पनि दलको झण्डा अहिलेसम्म बोकेर हिडेका छ्रैनन, उनीहरुलाई दिनभरि काम गर्ने अनि रोजीरोटी चलाउने बाहेक अर्कोतर्फ ध्यान नै गएको छैन । धरान १५ सेउती पुलमा खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउदै आएकी मनमाया तामाङलाई चुनाव आयो भन्ने थाहा भएपनि चुनावकौ रौनक एक रति नभएको बताइन् । उनलाई न र्त कुनै दलको झण्डा बोकेर हिड्ने फुर्सद छ न रहर

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved