'हामीलाई चुनावको चासो नै छैन'

  • वैशाख २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुलुका सबै सहर तथा गाउहरु चुनावमय भएको छ । बाटाघाटामा विभिन्न दलका प्रचारात्मक झण्डा राखिएका छन्, नारा जुलस गरिएको छ, प्रचारात्मक अभियानलाई तिब्रता दिइएको छ तर यस्ता वर्ग छन् उनीहरुलाई चुनावले छुन नै सकेको छैन ।

दिनभरि तातो घाममा काम गरेर थकान भएका उनीहरु कुनै पनि दलको झण्डा अहिलेसम्म बोकेर हिडेका छ्रैनन, उनीहरुलाई दिनभरि काम गर्ने अनि रोजीरोटी चलाउने बाहेक अर्कोतर्फ ध्यान नै गएको छैन ।

धरान १५ सेउती पुलमा खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउदै आएकी मनमाया तामाङलाई चुनाव आयो भन्ने थाहा भएपनि चुनावकौ रौनक एक रति नभएको बताइन् । उनलाई न र्त कुनै दलको झण्डा बोकेर हिड्ने फुर्सद छ न रहर नै । दिनभरि खोलामा तातो घामा गिटी कुट्ने र त्यसबाट आएको पैसाले घर खर्च गर्नेबाहेक अरु केही छैन ।

उनी भन्छन्–‘चुनाव धेरै आए, गरिबका लागि गर्छु भन्छन्, चुनाव आउदा भोट माग्दै आउछन्, चुनाव सकिएपछि उनीहरुलाई फेरि देख्नै पाइदैन । एक पटक भोट मागेपछि उसलाई पाच बर्ष पुग्छ, पाचबर्षपछि फेरि हामीजस्ता गरिब जनता नै चाहिन्छ, जितेर गएकाहरुले हाम्रो लागि हैन उनीहरुकै लागि काम गर्ने हो ।’

यस्तै धरान ११ सर्दुखोलामा गिट्टी कुटदै आएका सुरज राईको भनाई पनि उस्तै छ । विवाह बन्धनमा बाधिएको पाच बर्ष भएको बताउने उनको एउटा सानो छोरा छ । आफूले नकमाए घरमा चुल्हो बल्दैन, उनी दिनभरि गिट्टी कुटेर जम्मा भएको गिटी विक्री गर्छन्, त्यही गिट्टी बेचेर आएको रकमले घर खर्च चलाउछन् । वरपर, टोल, छिमेक तथा सबैतिर चुनावको रौनकले छाएको छ तर उनलाई यी यस्ता कुराले छुनै सकेको छैन । नेताहरुबाट पनि उनलाई खासै भरोसा लाग्दैन, भोट माग्न आउदा गरेको् वाचा कसैले पूरा नगर्ने भएरै विश्वास उडेको् उनी बताउछन् । उनी भन्छन्–‘नेताको विश्वास र भरोसा नै मलाई लाग्दैन, गरिबका लागि गर्छु भनेर आउछन् तर जितिसकेपछि आफ््नै लागि गर्छन, आफ्ना आफन्तलाई जागिर लगाउछन्, राम्रा राम्रा काममा उनीहरुका नातागोताबाहेक अरुको चान्स नै छैन ।’

उनले कसैले आएर आफ्नो भाडामा भात नहालिदिने बताउदै नेताको पछि लागेर केही फाइदा नहुने बताउछन् ।

सुकुम्बासीमा ओत लाग्न सानो छाप्रो बनाएर बसेका उनले सुकुम्बासीका लागि यो गर्छु, धनीपूर्जा वितरण गर्छु भनेको भनि बर्षौ भयो, तर कहिल्यै गरेनन्, सुकुम्बासीलाई आश्वासन देखाएर भोट तान्ने बाहेक उनीहरुको उद्देश्य नै नरहेको उनी बताउछन् । उनी भन्छन्–‘सुकुम्बासी नेताहरुको भोट दिने माध्यम बनेका छन्, पाच पाच बर्षमा आउछन्, यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्छन् भोट मागरे जितेर जान्छन् फर्केर आउदैनन्, सुकुम्बासीको अवस्थाका बारेमा एक पटक बुझ्ने कोसिस गर्दैनन् ।’

उनीहरुमात्र हैन निर्माण सम्बन्धी काम गर्ने ज्यालादारीहरुसमेत यस्तै भनाई छ । जतिपटक दलहरुलाई जिताए पनि आफूहरुको अवस्थाका बारेमा कसैले नहेर्ने बताएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा खुलेर दलको पछि लागेका ुमनिकुमार लोकांन्द्रीले जसले जितेर गएपनि गरिब जनताका लागि केही नगर्ने बताए । उनले भने– गरिबको लागि यो गरिदिन्छु त्यो गरिदिन्छु भन्ने पनि जितिसकेपछि एक पटक के कस्तो छ भनेर सोध्न नआउने ? यस्ताका पछि लागेर के हुन्छ ?’

आमाको उपचारका लागि खर्च जोहो गर्नकै लागि ज्यालादारी काम गर्दै आएकी धरान १५ की हिरा विश्वकर्माको भनाई पनि लोकान्द्रीको भन्दा फरक छैन । उनले भनिन्–‘ दलहरुले गरिब, असहाय, तथा सुकुम्बासीका लागि ठूला ठूला प्याकेज ल्याएपनि जनाले आश्वासनबाहेक केही पाउदैनन् । जसका कारण राजनीतिक पार्टी जनताको नजरमा तिरस्कृत बन्दै गएका छन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved