मोरङ । मोरङको कानेपोखरी गाँउपालीकामा २ हजार ८ सय मत गणना गर्दा एमाले अग्रता लिएको छ। अध्यक्ष एमालेकी उम्मेदवार राजमती इङ्नाम १ हजार १ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ७ सय ६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सूर्य धिमालले ५ सय १० मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष एमालेका भोला अधिकारीले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी कांड्ग्रेसकी मनकुमारी गुरुङले ९ सय २४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी तारा ओझाले २ सय ९१ मत प्राप्त गरेकी छन्।