धरान/ योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा (एमाले) ले श्रमिकहरुको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले बताएका छन् । श्रमिकहरुको जीवनमा आइपर्ने हरेक संकट समाधान योगदानमा आधारित सामाजिक सुरक्षा योजना रहेको बताउनुहुदै श्रमिक विरामी हुँदा उपचार, घाइतेहुँदा उपचार, श्रमिकको ज्यान गएमा आश्रित परिवारलाई राहत, बुढ्यौलीमा पेन्सन, काम रोकिदा भत्ता सहितको सामाजिक सुरक्षा योजना नेकपा एमाले सरकारको पालमा जारि गरिएको र अहिले करिव १६ लाख श्रमिकहरु यसबाट लाभाम्बित भएको राईले बताए । नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्र
धरान/ शुक्रबार भएको नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनबाट उम्मेद्धवार भएकाहरु निर्वाचित भएका छन् । निर्वाचनमा प्यानल नै विजयी भएका हुन् । प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेद्धवार सन्तोष काफ्ले ९४ मत सहित निर्वाचित भए । प्रेस युनियनबाट विद्रोह गरि बागी उम्मेद्धवार भएका गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए।जिल्ला निर्वाचन समितिका अनुसार काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएका छन्। समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्।त्यस
धरान/ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज देशैभर निर्वाच्न हुँदैछ । केन्द्र प्रदेश र जिल्लाको नयाँ नेतृत्वको लागि चुनाब हुने भएको हो । केही जिल्लामा भने सर्वसम्मत चयन भएका छन् ।पत्रकार सम्बद्ध संगठनहरुको आपसी सहमतिमा जिल्ला नेतृत्व चयन भएकामा दोलखा, काभ्रेपलाञ्चोक र खोटाङ जिल्ला अध्यक्षमा प्रेस चौतारी र दाङ जिल्लामा प्रेस युनियनका पत्रकार नेताहरु सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुनेमा दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र खोटाङमा हरिबोल गजुरेल तथा दाङमा सन्तोष सुवेदी रहेका छन् । आपसी सहमतिमा कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।अन्य केही जिल्लामा पनि सर्वसम
फायल तस्बीर धरान । धरानका सम्पूर्ण राजनीतिक दलहरुले स्थानीय सरकार प्रमुख र सन्चाकर्मीवीचको सम्बन्ध सुमधुर सम्बन्ध कायम गरि धरानको समग्र विकास र समृद्धिमा सामुहिक सन्देश प्रवाह गर्न अनुरोध गरेको छ । दलीय नेतृत्वले संयुक्त रुपमा विज्ञप्ती जारी गरि उक्त अनुरोध गरेको हो । विज्ञप्तीमा धरानको समग्र विकास र समृद्धिको लागि नेपाल पत्रकार महासंघसँग समन्वय र सहकार्य गर्दै स्थानीय सरकारका प्रमुख अघि बढ्न पनि उल्लेख छ । पछिल्लो समय पत्रकारले लेखेको समाचारको विषयमा विभिन्न धाकधम्की एवम् गाली र अपशव्दहरु प्रेस स्वतन्त्रता,अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले दिएको अधिकार भएकाले निष्पक्ष समाचा
काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ । संगठनको १२ औं स्थापना दिवस र पाचौँ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएको हो । कमिटीका सदस्यहरुमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेकाछन् । कमिटीको सल्लाहकारहरुमा कविराज थापा, ठेटबहादुर क
सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ। ‘हाम्रो ध्यान सरकारतिर छैन, हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौं,’ उनले भने। फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० नेपालको हितमा रहेको बताए। चीन र अमेरिका अहिल
धरान/ स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले सोमबार धरानमा मौन र्याली प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन र्यालीको आयोजना गरेका हुन् ।कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले भने मौन र्याली निकालेका हुन् । मौन र्याली धरा
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजारघरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अस्थिरत
धरान/ पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि राजनीतिक दलमा आवद्ध पत्रकार संवन्धी विभिन्न संघ संगठनले धमाधम उम्मेद्धवारी घोषणा गर्न थालेका छन । आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ । माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजी
झापा । झापाको दमकमा भ्यू टावरको आइतबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिम प्रोजेक्टको रुपमा रहेको उक्त टावर ओलीकै प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । दमक नगरपालिका–३ दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटनसँगै सन्चालनमा आएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानम