राजनीति

    Showing 131-140 of 1,909 items.
  • लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ: मजदुर नेता भीमज्वाला राई

      धरान/  लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ ।   नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ ।    सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहनु भएका राईले व्यवस्था खारेजीका लाग

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए ओली

     काठमाडौं/  जेन–जी विद्रोहपछिको राजीनामापछि लामो समय नदेखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज भक्तपुर गुन्डुस्थित नयाँ निवासमा नेता–कार्यकर्तामाझ सार्वजनिक भए। भेटघाटमा पुगेकाहरू ओलीसँग फोटो खिचाएर फर्किए पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन्। भदौ २३ र २४ गतेको विद्रोहपछि प्रधानमन्त्री पदबाट हटेका ओली यसअघि सार्वजनिक भएका थिएनन्। त्यसै घटनापछि उनको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। नयाँ सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकेको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 367 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजीको नाममा आगजानी र तोडफोड : प्रहरीले पक्राउ नगरे दलले पक्राउ गर्ने

    धरान/ धरानका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा क्षति पु¥याएको घटनालाई लिएर दलहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जेनजीको आवरणमा आएका अराजक समूहहरूले पार्टी कार्यालयहरूमा आक्रमण गरी क्षति पु¥याएको भन्दै विस्तृत विवरण सहित इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगुलाई जाहेरी बुझाइएको हो। जाहेरीमा पार्टीका झण्डा च्यातिएको, भित्ते लेखन बिगारिएको, ढोका–झ्याल र कार्यालयको संरचनामा क्षति पु¥याइएको विवरण उल्लेख छ। राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता गतिविधिले शान्तिपूर्ण राजनीतिक वातावरणमा अशान्ति ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।डिएसपी

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 1,168 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा संविधान दिवस भव्यतापूर्वक मनाइयो

    धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधान दिवसमा ओली सार्वजनिक हुँदै

    काठमाडौँ/नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको अवसरमा पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि करिब एक सातादेखि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका ओली हाल गुन्डुस्थित भाडाको घरमा बसिरहेका छन्। आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि उनी शिवपुरीस्थित सेनाको शिविरमा बसेका थिए। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा गुन्डुमा उनको बसोबासको व्यवस्था मिलाइएको हो। संविधान दिवसका अवसरमा शुक्रबार बिहान बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समार

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तोडफोड-आगजनी: नगरप्रमुखको मौनतामाथि वडाध्यक्ष र कार्यपालिका सदस्यद्वारा आलोचना

    धरान/ हालै धरानमा भएका तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राई मौन बसेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले  आलोचना गरेका छन्। उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार” आरोप लगाउँदै पीडित धराने जनताको पीडाप्रति वेवास्ता गरेको बताएका छन्। राजनीतिक दलका कार्यालयदेखि पूर्व मेयर र पूर्व उपमेयरको घरमा क्षति पुर्‍याइँदा पनि नगरप्रमुख चुप लाग्नु गम्भीर प्रश्न भएको उनीहरुको भनाइ छ। धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तत्काल अनुगमन र क्षतिको लगत संकलन गर्न माग गरे। उनले भने, “मन्त्री बन्ने सपना टुटेपछि नगरसभा गर्न त तत्पर, तर जनताको पीडाप्रति चास

    • प्रकाशित मितिः असोज २, २०८२
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तोडफोड र आगजनी गर्ने दुई जना प्रहरीमा

    धरान । जेनजी समुहको नाममा धरानमा तोडफोड र आगजनी गरेर अराजकता गतिविधी गर्नेलाई धरानका स्थानीयवासीले प्रहरीमा वुझाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय धरानमा स्थानीवासीले नै प्रहरीमा वुझाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले बताए । अनुसन्धानका लागि दुई जना रहेको डिएसपी जवेगुले बताए । उक्त घट्नामा संलग्नता भएको भिडियो र तस्वीर सार्वजनिक भएपछि धरानका मिलन राई लगायत तीन जनाले आफुहरुको स)लग्नता रहेको स्वीकार गरि सकेका छन् ।जेनजीको नाममा अराजक गर्नेहरुको पहिचान गरि दोषीलाई कार्वाही गर्न सर्वत्र माग उठिरहेको छ ।प्रहरीले  नाम भने खुलाएको छैन । 

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किटानी सहित प्रहरीमा उजुरी,धरानका मेयर प्रति ईकिंत

    कोशीपत्र संवाददाताधरान । जेन्जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध दैनिक जसो उजुरी गर्ने क्रम बढ्दै गएको छ । गत सोमबार नेकपा एमाले धरानले कार्यालय तोडफोड गर्नेहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो भने मंगलबार पनि धरानका होटल व्यवसायी तथा पुर्व मेयर मनोज कुमार मेन्याङ्बोले पनि तोडफोडमा संलग्न देखिएका विरुद्ध किटानी जाहेरी दिएका छन् । धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 922 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अध्यक्ष प्रचण्ड क्षतिग्रस्त पार्टी कार्यालय अवलोकन गर्दै

    काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयको अवस्थाबारे उनले प्रत्यक्ष जानकारी लिएका हुन्। आन्दोलन उग्र बनेपछि प्रचण्ड २४ गतेदेखि सेनाको कडा सुरक्षा घेरामा थिए। सुरक्षा कारण पार्टी गतिविधिबाट केही समय टाढा रहेका उनले नयाँ अन्तरिम सरकार गठनसँगै फेरि सक्रिय राजनीतिक भूमिकामा फर्किएका छन्। कार्यालय अवलोकनका क्रममा प्रचण्डले आन्दोलनका नाममा हिंसा र तोडफोड हुनु दुःखद रहेको उल्लेख गर्दै पार्टी संरचना पुनः सुदृढ बनाउन तत्काल पहल गर्ने

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजीले पत्याएनन् मेयर हर्कराजलाई

    धरान/ प्रधानमन्त्री बन्ने चाहना बोकेर काठमाण्डौ गएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई जेनजीले मन्त्री पनि दिएनन् । राजधानी काठमाण्डौबाट मेयर राई रित्तो हात लिएर फर्किएका छन । स्थानीय स्तरमा बजेट संकट, कामको अलमल र जनप्रतिनिधिहरूबीचको विवादले आलोचना खेपिरहेका राईले राजधानी यात्रा गर्दै ठूलो अवसर खोजेका थिए ।तर सत्तारूढ जेनजी (जनता–नेता गठबन्धन) ले मन्त्री छनोट प्रक्रियामा राईलाई कुनै स्थान दिएन धरान फर्कन लागेका मेयर राईलाई स्थानीय तहमा ‘नगर प्रमुखको जिम्मेवारी पन्छाएर व्यक्तिगत राजनीतिक आकांक्षालाई प्राथमिकता दिएको’ भन्दै आलोचना बढ्ने देखिन्छ । उनले काठमाण्डौमा मन

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved