धरान/ समृद्ध समाज निर्माण गर्दै अधिकतम रोजगारी सिर्जना गर्न दक्ष प्राबिधिक जनशक्तिको अधिकतम र उचित उपयोग गर्न आवश्यक रहेको प्रदेश नम्बर १ का मुख्य मन्त्री राजेन्द्र कुमार राइले बताएका छन् ।“समृद्ध प्रदेशको निर्माणमा बिज्ञान तथा प्रविधिको भुमिका” नारा सहित आधुनिक माइक्रोबायोलोजिका पिता तथा बैज्ञानिक लुइस पास्चरको १९९ औ जन्म जयन्ती कार्यक्रममा मुख्यमन्त्रीले कार्यक्रममा मुख्यमन्त्री राईले कलेजको भौतिक पूर्वाधार लगायतका अन्य कुरामा सहयोग गर्ने आश्वासन दिए । तर क्याम्पसले अपेक्षा गरे अनुसार सहयोग गर्ने अवश्था अहिलेको प्रदेश सरकार सँग नरहेको उनको भनाई छ । प्रदेश सरकारले पुँजीगत खर्
मोरङ/ सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । सामाजिक सुरक्षा भत्ताकै कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएकाले उनीहरुले पाउँदै आएको भत्ता वितरणलाई सहज बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको बताए । उनले भने, ‘भत्ताकै कारण पनि छोरा–छोरीले समेत
धरान । विगत दुई महिना देखि छुट्टा छुट्टै नगर समिती बनेर विवादमा रहेको नेकपा एमालेको धरान कमिटीको समस्या समाधान उन्मुख रहेको छ । गत कार्तिक ९ गते धरान उपमहानगर अधिवेसनले संस्थापन पक्षबाट हर्कजंग एभेङ र इतर समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको थियो । स्थानीय नेताहरुले पटक पटक विवाद समाधान गर्न प्रयास गरे पनि साम्य नभए पछि केही दिन भएको एमालेको सुनसरी जिल्लाको पुर्ण बैठकले विवाद समाधानका लागि कार्यदल बनाएको थियो । पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन दबाब परेको थियो । जिल्ला अध्यक्ष खेमराज पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलले हर्कजंग एभेङलाई
धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले पुनः भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । बुटवलमा पुष ८ गते देखि १० गते सम्म चलेको महाधिवेसनले उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । संगठनका नवनिर्वाचित अध
इलाम/ प्रदेश १ का मुख्यमंन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन । इलामको माई नगरपालिका १ को विहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्याउने बताएका हुन । उनले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । विकास पर्यटन प्रवर्दनबाटै प्रदेश १ लाई आर्थिक समृद्घिमा अघिबढाउन सकिने भन्दै राईले पर्यटन क्षेत्रको संरक्षणमा लाग्ने बताए । तीनदिन लाग्ने महोत्सवको प्रदेश सभा सदस्य काजीमान काग
खोटाङ/ वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएकाले वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले बताएका छन् । उनले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको दाबी गरेका छन् । एमाले खोटाङले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राईले भने, ‘गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन, शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ, एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव, यी
सुनसरी/ दुई साता अघि सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश १ को पहिलो अधिवेसनले पदाधिकारी चयन गर्न नसकेको बन्द सत्र स्थगित भएको थियो । पदाधिकारीमा आकांक्षी धेरै भए पछि अझै पनि टुङ्गो लाग्न सकेको छैन् । अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि दुई सय ७१ सदस्यीय कमिटी घोषणा गर्दै बन्दसत्र स्थगित भएको थियो । प्रदेश १ नेकपा माओवादी केन्द्रको नौ पदाधिकारीका लागि तीन दर्जन बढीले दाबेदारी गरेका छन् । पदाधिकारीको टुङ्गो लगाउन पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आंकाक्षी पदाधिकारीहरु सँग पटक पटक टुङ्गो लगाउन बैठकमा छलफल गरे पनि सहमतीमा ल्याउन सकेको छैन्
विराटनगर । प्रदेश नं १ को नेतृत्व चयन गर्न रस्साकस्सी भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कार्यदल गठन गरेको छ । अध्यक्षसहितका पदाधिकारी चयन गर्न आकांक्षी बढेपछि नेतृत्व सकसमा परेको हो । नेतृत्व चयन गर्ने अधिवेशन भने यसअघि नै सकिएको छ । अब पार्टीले गठन गरेको कार्यदलले नेतृत्व चयन गर्ने गृहकार्य थालवेको छ । प्रदेशको अधिवेशनबाट नेतृत्व चयन नभएपछि प्रदेश राजधानी विराटनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले कार्यदल गठन गरेको हो । केन्द्रीय सदस्य तथा प्रदेशका सह–इञ्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा गठन भएको कार्यदलले सहमतिबाटै नेतृत्व चयनको
विराटनगर/ प्रेदश नं १ का मुख्यमन्त्री राजेन्द्र राई सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री सरेको निवास यसअघिका मन्त्री जान मनेका थिएनन् । बुधबार मुख्यमन्त्री राई सुनसरी मोरङ सिचाईं आयोजनाको गेस्ट हाउसमा निर्माण गरिएको निवासमा सरेका हुन । त्यो सरकारी निवासमा पूर्व प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङ बसेका थिए । तुम्बाहाङ करिब डेढ वर्ष सोही निवासमा बसेका थिए । पूर्ववर्ती शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेकी उषाकला राईले भने त्यो निवासमा बस्न इन्कार गरेकी थिइन् । पछि उनको लागि सरकारले आवासको व्यवस्था गरेको थियो । यसअघिका प्रदेश प्रमुख सोमनाथ अधिकारी &lsquo
सुनसरी/ भौतिक पूर्वाधार निर्माण गर्दा अदूरदर्शी तवरले थोरै समयका लागि मात्र सोचेर संरचना बनाउँदा प्रतिफल दीगो हुन नसकेका नेकपा (एकीकृत समाजवादी) का संघीय अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । उनले भ्रष्टाचार र सेटिङले देशको सबै क्षेत्रलाई बिगारेको बताउँदै यसका लागि सानो डिजाइन बनाउनेदेखि लिएर त्यसलाई स्वीकृत गर्नेहरु सबै जिम्मेवार रहेको बताएका हुन् । उनले भने, ‘अन्य देशमा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलसम्म जान आठ दश ओटा आकाशे पुल बनाइएको छ, नेपालमा भने अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि आकाशे पुल छैन् ।’ फिलिपिन्समा २५ वर्षपछि शहर बनाउन जङ्गल बचाएर राखिएको आफूले देखेक