प्लान्ट जडानमा अख्तियारद्वारा छानबिन "तत्कालीन मेसुसहित दुईजना छानबिनको दायरामा"

  • पुस १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो ।

अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।

उनीहरुलाई शंकाको घेरामा राखेर छानबिन सुरु गरेको अस्पतालले जनाएको छ । अस्पतालका तत्कालीन मेडिकल झासहित प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि अख्तियारले छानबिन सुरु गरेको अस्पतालका एक कर्मचारीलेृ बताए ।

अख्तियारले तत्कालीन मेसु झा र प्रशासन प्रमुख श्रेष्ठको छानबिनका क्रममा आवश्यक कागजपत र व्यक्तिगत विवरण अख्तियारले मागेको ती कर्मचारीले बताए । त्यसबेला अक्सिजन प्लान्टकाे व्याकअप ३ लाख ९८ हजार २ सय रूपैयाँमा खरिद गरेको बताइएको छ । प्लान्ट सहित ब्याकअपमा अनियमितता भएको भन्दै छानबिन थालेको अख्तियार स्रोतले जनाएको छ ।

जिल्ला अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट निर्मिका राईका अनुसार अख्तियारले तत्कालीन मेसु झा र प्रशासन प्रमुख श्रेष्ठले अस्जिन प्लान्ट जडान गरेको समयको कागजपत्र र व्यक्तिगत विवरण बुधबारसम्म बुझाउने समय दिएको बताइन् । उनले भनिन्–‘बुधबारसम्म अख्तियारले बुझाउने समय दिएको थियो, यस विषयमा अख्तियारले छानबिन सुरु गरिसकेको छ ।’

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि प्रदेश सरकारले ६८ लाख ५० हजार रूपैयाँ सहयोगमा सहयोग गरेको थियो । एक वर्ष अगाडि कात्तिक दोस्रो साता जडान गरेको अक्सिजन प्लान्ट माघसम्म चलेको अस्पतालले जनाएको छ । जडान भएको तीन महिनमै सिस्टम चल्नै छाडेको थियो । प्लान्ट जडानको ठेक्का प्रविधि इन्टरनेशनल इन्क प्रालि काठमाण्डौले गरेको थियो ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved