धरान / विहीबार भएको प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका तर्फबाट उमेद्वारी दिएका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले नेपाली काँग्रेसबाट उमेद्वारी दिएकी काँग्रेसकी साँसद इश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख बनेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १ सय मत प्राप्त गरेकी थिइन निर्वाचित भएपछि घिमिरेले सभाको प्रतिनिधित्व राम्ररी गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भए लगत्तै बिहीबारै उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभालाई निष्पक्ष र तटस्थ भएर कार्यसम्पादन गर्ने बताएका थिए ।उनले भने सभामुख जस्तो गरिमाय पदको मर्यादालाई पालना गर्दै निष्पक्ष र
धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई भेट गरेका छन् ।दलले बिपी प्रतिष्ठानमा अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानकी सिनियर प्राध्यापक नाक, कान, घाँटी विभागकी प्राडा सङ्गिता भण्डारी छुट्टी (स्यावोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले व्यापकता पाएको थियो । चिकित्सकमाथिको हस्तक्षेप, प्रतिष्ठान पदाधिकारीको नियुक्ति र १ हजार १ सय चिकित्सक कर्मचारीको विषयलाई विवादमा ल्याउने काम गर्दै आएको प्राडा भण्डारीलाई आरोप लाग्दै आएको छ ।राम्रा ड
धरान / संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनले राईलाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमिति चयन गरिएको सो संघको उपाध्यक्षमा पदम बराईली, हरि विक, सचिवमा कमल शंकर, सह सचिवमा प्रेमकुमार राई, कोषाध्यक्षमा जंगबहादुर थापा चयन भएका छन् । यसैगरी का.का.सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप विक, पार्वती राई, तुलाराम श्रेष्ठ, होमबहादुर भण्डारी र दिपु तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए । सो अवसमा बोल्दै अध्यक्ष श्रेष्ठले सीप तथा ताल
धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का
धरान / धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार पूर्वी पहाडी क्षेत्रका किसानहरुको खरिद बिक्री गर्ने केन्द्रविन्दु बनेको छ । यस बजारमा कोशी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाबाट उत्पादन भएका कृषि जन्य सामग्री तथा खसी बोका बिक्रीका लागि आउने गरेका छन् । तर बिचौलियाका कारण कृषकहरुले उचित मूल्य पाउन सकेका छैनन् । बिचौलियाहरु घर घरमै पुगेर कृषकले उत्पादन गरेको सागसब्जी तथा खसीबोका खरिद गरेर कृषि बजारमा ल्याउने र मंहगोमा बिक्री गर्ने गर्छन् । जसले गर्दा कृषकहरु मारमा परेका छन् । विचौलियालाई नियन्त्रण गर्न नसक्दा कृषकहरु मार्कामा पर्ने गरेका छन् । यो बजा
मोरङ / विराटनगर महानगरपालिकाले जथाभावी छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरौला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्य
विराटनगर / प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्कमतकुमार कार्की नियुक्त भएसँगै निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले निवास छाडेका छन् ।निवर्तमान मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा पोष्ट गदै बिहीबारबाट निवास छोडेको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा उनले निवास छाडेको जानकारी दिँदै निवास छोड्न दुई दिन ढिला भएको भन्दै क्षमा समेत मागेका छन् । विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन्। उनले लेखेका छन्, ’२५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६ गते संसद्, सभामुखक
धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।
मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु
विराटनगर / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/ ८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । उक्त आयमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ६१ करोड ८२ लाख ८५ हजार १ सय १० रुपैयाँ प्राप्त भएको उपमेयर कार्कीले बताइन् । यसैगरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फबाट २ करोड ९ लाख ६० हजार ४ सय २० रुपैयाँ, ब