समाचार

    Showing 9,871-9,880 of 10,057 items.
  • ब्राउन सुगर सहित धरान १३ बाट ३ जना पक्राउ

    धरान । लागुऔषध ब्राउन सुगर सहित धरान उपमहानगरपालिका स्थित वडा नम्बर १३ बाट इलाका प्रहरी कार्यालय धरानले ३ जनालाई पक्राउ गरेको छ । धरान १३ का समिया लिम्ब, मन्दिप मगर र धरान १५ का घनश्याम राईलाई प्रहरीले ३ ग्राम ब्राउन सुगर, १ सय ५० ट्याबलेट नाइट्रोजन र ८३ हजार रुपैया नगद सहित प्रहरीले पक्राउ गरेको हो । धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनामा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राजधानीमै पाउँदैनन्, कोरोना संक्रमितले अस्पताल भर्ना

     सरकारले कोराना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पतालहरु त निर्माण गरेको छ तर संक्रमितलाई भर्ना गराउनै समस्या हुने गरेको छ । कतिपय स्थानहरुमा अस्पताल सम्म बिरामी पुर्याउन एम्बुलेन्स पाइन्दैन कतै अस्पतालमा भर्ना गराउनै सकिन्दैन् । त्यस्तै भएको छ, काठमाण्डौमा पनि शनिबार कोरोना संक्रमित बिरामीले सात घण्टा एम्बुलेन्समै बिताउनु पर्यो । देशकै राजधानी, हरेक कुरामा सुविधा सम्पन्न बनाएको छ सरकारले, औषधी उपचार देखि स्वास्थ्य केन्द्रलाई व्यवस्थीत, तर त्यहीका कोरोना संक्रमितले समयमै उपचार पाउन सक्दैनन्, भने दुर्गम क्षेत्रका जनताले कसरी समयमै स्वास्थ्य उपचार पाउने ? काठमाडौं उपत्यकामा मात्रै सर

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रले क्वारेन्टाइनमा राख्न शुरु गर्यो

    वराहक्षेत्र नगरपालिकाले बाहिरबाट आउने लाई क्वारेन्टाइन राख्ने काम शुरु गरेको छ । 'नगरपालिकाले भारतबाट सिमानामा आइपुगेका हरुलाइ उद्धार गरि ल्याउने कार्य संगै उनीहरुको स्वास्थ्य परिक्षण गरि क्वारेन्टाइन राख्न शुरु गरिएको मेयर निलम खनालले बताए । हिजो शनिबार नगर आइपुगेका ८ जना बराहक्षेत्रका र १ जना रामधुनिका गरि जम्मा ९ जनालाइ क्वारेन्टाइन राखिएको छ । त्यसैगरी आज जिल्ला आइपुगेका ३ जनालाई इनरुवा अस्पतालमा स्वास्थ्य परिक्षण गरेर क्वारेन्टाइन पठाइएको नगरपालिकाका सुचना अधिकृत पुकार पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १८ समाज हङकङद्वारा वडालाई आर्थिक सहयोग

    धरान । कारोना राहत कोषका लागि भनेर १८ नम्बर वडा कार्यालयलाई धरान १८ समाज हङकङले आर्थिक सहयोग गरेको छ । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ न. वडावासि महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको नगद २ लाख ३१ हजार २ सय रुपैया शनिबार एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम समाजको धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । आधिकारीक रुपमा संस्थाको स्थापना नभइसके पनि उनिहरुलाई जानकारी गराई धरान १८ समाज हङकङको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रम सँगै आधिकारिक

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,162 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाका एक जना सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ५८४

    काठमाण्डौं नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुगेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवत्ता डा बिकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। प्रवक्ता देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए ।  

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,231 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुस्लिम समाजको तेस्रो चरणको राहत ४० जनालाई

    धरान । धरानमा मुस्लिम समुदायको शुरु गरेको राहत वितरण अभियान अन्र्तगत तेस्रो चरणमा ४० जनालाई राहत वितरण गरेको छ । धरान मुस्लिम समाजले शुक्रबार तेस्रो चरणको राहत अभियान अन्र्तगत ४० जना सिङ्गल टेलरिङ्ग मजदुरहरु सहित मुस्लिम समुदायका विपन्न परिवारलाई राहत प्रदान गरेको हो । सिङ्गल टेलरिङ मजदुरहरुलाई १३ सय मुल्य बराबरको राहत वितरण गरिएको छ भने १० घर मुस्लिम परिवारलाई १९ सय बराबरको राहत वितरण गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका मुस्लिम संगठन धरानका उपाध्यक्ष फिरोज अलीले बताए । अभियानका लागि मुस्लिम सेवा समितीका कार्यवाहक अध्यक्ष समिम सोहन, नेपाल जुट गारमेन्ट टेक्सटाई

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी गाउँपालिका क्वारेन्टाइनका २० जना घर फर्के

     सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका २० जना शुक्रबार घर फर्केका छन । कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेकाहरुलाई शुक्रबार बिदाई गरिएको हो । दुई हप्ता देखि क्वारेन्टाइनमा रहेका २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई घर फर्काइएको हो । क्वारेन्टाइनमा कुल ४७ जनाको बसेका थिए । ति मध्ये २० जना घर फर्केका छन् भने बाकीको पिसिआर रिपोर्ट आउन बाँकी रहेको वडाअध्यक्ष साहजमालले बताए । क्वारेन्टाइनमा बस्नेहरुको सम्पुर्ण व्यवस्थापन वडा कार्यालयले मिलाएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,201 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३२ जनामा कोरोना संत्रमंण पुष्टि , नेपालमा संक्रमित संख्या ५४८ पुग्यो

    काठमाडौँ /नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको जनाएको छ । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका छन् ।

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,039 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकैदिन ५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५१६ , २१ जना डिस्चार्ज

    काठमाडौं । नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो ।   शुक्रबार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।  त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रममा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५  वर्षका परुषमा कोरोना

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा संक्रमितको संख्या ८५ पुग्यो

    शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका-२ का पुरुष गुजरातबाट आएको पाइएको छ । रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएका हुन ।   रतुवामाई नगरपालिका – २ का वडाध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई  क्वारेन्टाइनमा राखिएको उनले बताए । अध्यक्ष गनगाईका अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तिको पीसीआर जाँच गरिएको थियो । जेठ ५ गते रतुवामाई १ मा भारतको मुम्बईबाट आएका व्यक्तिलाई

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,222 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved