धरान १८ समाज हङकङद्वारा वडालाई आर्थिक सहयोग

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कारोना राहत कोषका लागि भनेर १८ नम्बर वडा कार्यालयलाई धरान १८ समाज हङकङले आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम हङकङ वस्दै आइरहेका १८ न. वडावासि महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको नगद २ लाख ३१ हजार २ सय रुपैया शनिबार एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ ।

सहयोग रकम समाजको धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । आधिकारीक रुपमा संस्थाको स्थापना नभइसके पनि उनिहरुलाई जानकारी गराई धरान १८ समाज हङकङको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो ।

रकम हस्तान्तरण कार्यक्रम सँगै आधिकारिक रुपमा धरान १८ समाज हङकङको सुरुवात भइसकेको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर तिलक राईले मन्तव्यको क्रममा वताए । उनले भने, ‘हामिले यहि वाट समाजलाई आधिकारीक रुपमा मानेका छौ, अव वहाहरुले यसलाई व्यवस्थापन गरेर समाजलाई अघि वढाउनु पर्छ ।’

शिक्षा, खेलकुद, राजनिति साथै अन्य गतिविधिमा अन् वडा भन्दा अग्रस्थानमा रहने १८ न. वडा अहिले भने पछि पर्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

अव सवै वडावासी मिलेर पहिले जस्तै १८ न. वडालाई सवै क्षेत्रमा अघि वढाउनु पर्ने प्रमुख अतिथि मेयर राईले जनाए ।
अहिले सम्म १८ न. कोरोना राहत कोषमा करिव ५ लाख रुपैया संकलन भइसकेको वडाध्यक्ष राईले जानकारी दिए ।

धरान उपमहानगरपालिकाले दिएको वाहेक १८ न. कोरोना राहत कोष वाट दुई चरण गरेर १८ न. वडाका विपन्न ३ सय ९४ जना परिवारलाई राहत वितरण गरिसकेको, लकडाउन सुरु भए देखि २३ हजार छाक खाना विपि अस्पतालका विरामि कुरुवाहरुलाई खुवाइसकेको, सेनिटाइजर, पञ्जा र मास्क वितरण जस्ता कार्य गर्दै आइरहेको वडाध्यक्ष राईले जनाए । वडाले यसै कोष वाट आफ्नो वडाका ६५ वर्ष माथिका वुद्धवृद्धालाई सुगर फ्रि हर्लिक्स घर घरमा नै पुगेर वितरण गर्ने तयारि गरिरहेको समेत वडाध्यक्ष राईले जनाए ।

कोराना भाइरस संग लड्नका लागि प्रसस्त मात्रामा पौष्टिक आहार चाहिने हुनाले उनिहरुलाई हर्लिक्स वितरण गर्न लागिएको उनले बताए ।

कार्यक्रममा धरान १८ न. वडा सदस्य जमुना त्रिखत्रि मोक्तान, वडा सदस्य टंक गुरुङ्ग, देविथान संरक्षण समिति सहसचिव वावाकाजि राई लगायतको उपस्थिति रहेको थियो ।

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

धरान हुँदै नडाहातर्फ ...

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर ...

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved