समाचार

    Showing 9,861-9,870 of 10,057 items.
  • कोभिड अस्पतालमा बसेका मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा खाना

    धरान । मुस्लिम समुदायको धार्मिक पर्व ईदमा सामुहिक रुपमा मिठो खाएर, राम्रो लगाएर, मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणका कारण खुलेर पर्व मनाउन सकिएको छैन् । 'तथापि मुस्लिम समाजहरुले पर्वको अवसरमा कोरोना संक्रमणका कारण अस्पतालमा बसेका हुन् वा रोजगारी गुमेका कारण आर्थिक समस्यामा परेका हुन् उनीहरुलाई राहत स्वरुप खाद्यान्न तथा तबरुक रात वितरण गरिरहेको छ । यसै बिच धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बसेका २५ जना मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा बिरयानी खुवाएको छ । धरान मुस्लिम समाजको अगुवाईमा उनीहरुलाई खाना खुवाएका हुन् । समाजका संयोजक

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दु करिडोरका लागि प्रदेश सरकारको २० करोड

    धरान । वर्षेनी वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षति न्युनीकरणका लागि धरान उपमहानगरपालिकाले अघि सारे सर्दु करिडोरको योजना अघि बढेको छ । सेउती करिडोरको विषयमा बाइपास कोशी राजमार्गको पनि चर्चा चलिरहेकाले अहिले सर्दु करिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरे पछि काम अघि बढेको छ । नेकपाका स्थानीय नेता तथा प्रदेश र संघीय संसदहरुको पहलमा सर्दु करिडोरको योजना पास भएको छ । सर्दु करिडोरको डिपिआर तयार भईसकेकाले निर्माणका लागि बहुवर्षिय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले दुई वर्ष भित्रमा सम्पन्न हुने गरि करिडोर निर्माणका लागि जेठ ९ गते नै टेण्डर आव्हान गरिस

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीको झडपमा लागऔषध कारोबारीको मृत्यु

    लागुऔषध तस्करीहरु सँग झडप हुँदा महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको छ । लागुऔषध कारोबारमा संलग्न रहेका रामगोपालपुर ७ का राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको थियो । उनी लागुऔषध कारोबारीसँग रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ परेको प्रहरीले जनाएको छ । लकडाउनका बेला ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी राति त्यस ठाउँमा गएको हो । प्रहरीले घर घेरेर लागूऔषधबारे अनु

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,172 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ७२ जना थपिए सँगै नेपालमा ६ सय ७५ मा कोरोना संक्रमण पुष्टि

    धरान । नयाँ कोरोना संक्रमित ७२ जना थपिए संगै नेपालमा ६ सय ७५ जनामा कोराना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार १० जिल्ला नयाँ कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा परिक्षण गरिएको धनुषा नगराईन नगरपालिका ३ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने कपिलवस्तु शिवराज नगरपालिकाका ३ जना पुरुष, काठमाण्डौको टोखा नगरपालिका र बुढिनिलकण्ड नगरपालिकाका ३ जना पुरुष, बाराको कलैया नगरपालिकाको कोटवाली १ मा २ जना पुरुष, रौतहटको राजपुर फरहदवाको वडा नम्बर २, ६, र इशनाथ

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमा विकाश निर्माण

     लकडाउनको समयमा समेत मोरगंको सुन्दरहरैँचा नगरपालिकाले मानव स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सहित भौतिक विकासको काम समेत गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले लगाएको लकडाउनका कारण लामो समय देखि बन्द रहेको विकाश निर्माणका कार्यहरु स्थानीय निकायले अघि बढाएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पनि सामाजिक दुरी कायम गर्दै निर्माण कार्य अघि बढाएको छ । स्वास्थ्यका कार्यक्रमका साथै विकास निर्माणका काम समेत स्थानीय सरकारले गर्नु पर्ने तर्फ मध्यनगर गर्दै स्थानीयवासीहरुलाई नै काम दिएर २२ सय मिटर लामो सडक कालो पत्रे गरिदै आएको छ । सामाजिक दुरी कायम गर्दै स्थानीयले

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट आएका दुई हजार नेपाली प्रदेश १ का नाकामा ,संख्या १० हजार पुग्ने अनुमान

    विराटनगर । भारतले लकडाउन खुकुलो गरेको छ । रेल र यातायातका साधान खुला भएका छन् । यातायातका साधन संचालनमा आएसंगै भारतसंग सीमा जोडिएका प्रदेश १ का नाकाबाट नेपाली भित्रने क्रम पनि बढेको छ ।प्रदेश १ का नाकाहरुबाट कतिपय मानिस नेपाल प्रवेश गरिसकेका छन् । पारि भारतमा पनि प्रतीक्षारत छन् । कतिपयलाई भने सरकारकै पहलमा होल्डिङ एरिया तथा क्वारेन्टाइनसम्म लगि सकिएको छ । प्रदेश सरकारले करिब १० हजार मानिसहरु पश्चिमबंगाल र बिहारसंग जोडिएका नेपाली सिमाक्षेत्रबाट नेपाल प्रवेश गर्ने अनुमान गरेको छ । तर, केही दिनयता विभिन्न सीमानाकामा थुप्रिएका दुई हजार मानिसहरुमध्ये केही नेपाल आईसकेका छन् । अरु भने नेपाल–भ

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,760 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सरकार भन्छ घरभित्रै बस्, स्थानीय तह बाटो बनाउने निहुँमा घर भत्काउँछ

    दिनेश गजमेर धरान । जताजतै कारोनाको जोखिम बढ्दै गएको छ, सरकारले सुरक्षित तरिकाले घर भित्रै बस्न उर्दी पनि जारी गरेको छ, तर सुनसरीको हरिनगरका मुसहरहरु लकडाउनको समयमा पनि घरबार विहिन बनेका छन् । सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर भत्काइदिए पछि उनीहरु अहिले समस्यामा परेका छन् । सुनसरीको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिकालाई सदरमुकाम इनरुवा जोडन् सहायक हुलाकी राजमार्गको काम अघि बढेको छ । राजमार्गमा पर्ने हरिनगर गाउँपालिका वडा नम्बर ३ स्थित गौतमपुरका मुसहरीका मुसहरहरु विकाश निर्माणको कामले भने घरबार विहिन हुन पुगेका छन् । सडकको मापदण्ड अनुसार सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाका एक सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ६०३ पुग्यो

    नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको बताए । एनका उनुसार विराटनगरमा भएको परीक्षणमा झापा बाह्रदशी ३ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगञ्ज पर्साका २५ वर्षीय, पर्साका ३४ वर्षीय पुरुष र पर्साकै नागबाका ६० व

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,056 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको सिलबन्दी हट्यो

    धरान । इटहरीको वडा नम्बर २ मा कोरोना संक्रमित व्यक्ति भेटिए पछि सिल गरिएको वडा नम्बर २ र ३ दिन भोलि सोमबार देखि खुल्ने भएका छन् । इटहरी उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ १२ गते देखि पहिलेको जस्तै विहान ७ वजे देखि १० वजे सम्म अत्यावशक समाग्रीका पसल प्रयाप्त सामाजिक दुरी कायम गरेर खुला गरिने निर्णय गरेको छ । लकडाउनलाई प्रभावकारी वनाउदै जनजीवनलाई कसरी सहज वनाउन सकिन्छ भनेर इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा ६ गते भन्दा अगाडीकै जस्तो विहान ७ देखि १० वजेसम्म अत्यावशकीय समाग्रीका पसलमा सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर किनवेच गर्ने निर्णय गरेको हो । उपमहानगरका मेयर द्धारिकलाल चौध

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,422 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालिका बलात्कृत गर्ने मदन अधिकारीलाई साधारण सदस्य समेत नरहने गरि नेकपाको कारवाही

     तेह्र वर्षिय बालिकालाई यौन शोषण गर्दै आएका धनकुटाका शिक्षक मदन अधिकारीलाई साधारण सदस्य समेत नरहने गरि नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कारवाही गरेको छ । पार्टीका जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्र राईले आइतबार एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गम्भीर प्रकारको आरोप लागेको र उनी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका कारण उनको मुद्धाको किनारा नलागुञ्जेलसम्मका लागि पार्टीको साधारण सदस्यता समेत नरहे गरी निष्कासन गरिएको जनाएका छन् । अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थि

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved