झापाका एक सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ६०३ पुग्यो

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको बताए ।
एनका उनुसार विराटनगरमा भएको परीक्षणमा झापा बाह्रदशी ३ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगञ्ज पर्साका २५ वर्षीय, पर्साका ३४ वर्षीय पुरुष र पर्साकै नागबाका ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यस्तै रुपन्देहीका १६ वर्षीय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षीय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुष, गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved