समाचार

    Showing 971-980 of 10,003 items.
  • धरानमा कार्यपालिका बैठक स्थगित, घाटा बजेट र कर वृद्धि प्रस्तावमा असहमति

    धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक(आज)शुक्रबार पनि स्थगित भएको छ । उप-महानगरपालिकाको कार्यपालिका बैठक  एमालेबाट निर्वाचित वडाअध्यक्ष र सदस्यहरूको बहिष्कारका कारण स्थगित भएको छ। चालु आर्थिक वर्षका लागि प्रस्तुत गरिएको २ अर्ब २० करोडको घाटा बजेट र कर वृद्धि प्रस्ताव प्रति असहमति जनाउँदै एमाले प्रतिनिधिहरूले ५ बुँदे आपत्ति पत्र बुझाएर बैठक छाडेका हुन्। धरान उपमहानगरपालिकामा एमालेका जनप्रतिनिधिकाे बलियो उपस्थिति छ।जस्मा १० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्य। यति ठूलो संख्यामा अनुपस्थिति भएपछि मेयर हर्क साम्पाङ (राई) ले बैठक अघि बढाउन नसकेर स्थगित गरेका हुन्। १८ जना कार

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढीगंगाको नहरमा अज्ञात महिलाको शव फेला

    विराटनगर/ मोरङको बुढीगंगामा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान करिब साढे ८ बजे बुढीगंगा गाउँपालिका–७ मा शव भेटिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार करिब ३० देखि ३२ वर्षकी देखिने महिलाको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन ।‘नहरमा शव बगिरहेको जानकारी पाएपछि प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । बाहिर निकाल्दा ती महिलाको मृत्यु भइसकेको अवस्थामा भेटियो,’ डीएसपी चुँडालले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टम

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु, एक घाइते

    अछाम/ अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा मृतक कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थ

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा किस्मत प्रथम

    मोरङ/ विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा किस्मत सापकोटा प्रथम भएका छन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा सापकोटाले उत्कृष्ट विचार प्र्रस्तुत गर्दै प्रथम भएका हुन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा भएको प्रतियोगितामा रोजिना चौधरी द्वितीय हुँदा साहिस्ता न्यौपाने तृतीय भइन् । त्यस्त मिसु प्रधान र रोशनकुमार सिंहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए । प्रतिस्पर्धामा भाग लिएका २०

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बामा अत्याधिक भीँड बढ्यो

    धरान/ साउन महिनाभरि बलिदिन नपाउँदा सुनसान रहेको धरान १४ विजयपुरको बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न आउनेहरुको संख्या अत्याधिक बढेको छ । साउन महिनाभरि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकोले धरानका सबै मठ मन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने भएकोले सुनसान रहेको बुढासुब्बा मन्दिरमा शनिवार भक्तजनहरुको अत्याधिक भीड बढेको हो । धरान उपमहानगरपालिकाको शीरमा रहेको बुढासुब्बाक मन्दिरमा कुनै पनि नौलो काम गर्न लागेको समयमा यहाँ पूजाआजा गर्ने र बलि चढाउने परम्परा बर्षौदेअ रहीआएको छ । साउनमहिनाभरि बलि चढाउन नपाउने भएकोले प्रत्येक बर्ष बोलबम मेला सकिएपछि यो मन्दिरमा अत्य

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 1,169 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक विरोध गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना

    सुनसरी/  कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको  सञ्चारकर्मीहरुले विरोध जनाइरहेका छन् । यसैक्रममा सुनसरीका पत्रकारहरुले समेत जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्नासँगै विद्येयक खारेजीको माग गरेका छन् । विद्येयकमा कतिपय प्रावधान सच्याउन माग गर्दै निरन्तर आन्दोलनमा होमिएका सञ्चारकर्मीहरुले कोशी प्रदेश सरकारलाई दबाब दिने उद्देश्य स्वरुप जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्नासँगै विद्येयक सच्याउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । सुनसरीमा आवद्ध विभिन्न संघ संगठनमा आवद्ध, स्वतन्त्र पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको अग

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा पहिलो पटक राज गोमन सर्प फेला, १२ फिटभन्दा लामो सर्प उद्धार

    झापा/ झापामा पहिलो पटक विषालु मानिने राज गोमन (किङ कोब्रा) सर्प फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरमा उक्त सर्प भेटिएको हो । सर्प उद्धारमा सक्रिय स्थानीय उद्धारकर्ता कृपेश कार्की, श्याम प्रधान र वीरेन्द्र तिवारीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका थिए । उद्धार गरिएको सर्पको तौल करिब ८.५ किलो र लम्बाइ १२.५ फिट रहेको थियो । जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको सामुदायिक वनमा पुर्नस्थापना गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिएका छन

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 696 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैंकिङ ठगी गिरोह बढ्यो,पूर्वसांसद ठगीको सिकार बनिन्

    विराटनगर/  नेपालको बैंकिङ प्रणालीलाई निशाना बनाउँदै सक्रिय ठगी गिरोहले योजनाबद्धरूपमा राजनीतिक, कानुनी र सामाजिक क्षेत्रमा परिचित व्यक्तिलाई समेत जालोमा पारिरहेको खुलेको छ ।पछिल्लो समय कोशी प्रदेशकी एक महिला पूर्वसांसद ठगीको सिकार बनेकी छन् । कोशी प्रदेशसभाकी पूर्वसदस्य उनलाई गत असार २७ गते दिउँसो करिब २ः५० बजेतिर आफूलाई वाणिज्य बैंकको म्यानेजर भएको बताउने व्यक्तिले ‘वाट्सएप’मा फोन गरे । बैंकको लोगो देखिने गरी आएको फोनमा ‘माननीयज्यू, तपाईंको केवाईसी तत्काल अपडेट गर्नुपर्छ’ भनियो । पेसाले कानुन व्यवसायीसमेत रहेकी ती पूर्वसांसदले सहजै विश्वास गरिन् र मोबाइलमा

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिका बैठक विना निष्कर्ष स्थगित,बजेट अझै अन्यौल , शुक्रबार पुनः बस्ने

    धरान/ करिब अढाई महिना पछि वसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक वुधबार दुई घण्टा लामो सन्चालन भए पनि कुनै पनि एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । बैठक पुनः शुक्रबार वस्ने गरि स्थगित भएको हो । कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार दुई घण्टा लामो छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेपछि बैठक आगामी शुक्रबारको लागि स्थगित भएको हो ।  चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदनको आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक  कुनै एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । दुई घण्टाभन्दा बढी समय चलेको बैठक कार्यसूचीमाथि छलफल गर्नुभन्दा बजेट निर्माणको प्रक्रिय

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साइबर अपराध मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

    काठमाडौँ/  प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ। साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर बुधबार प्रहरीमा उपस्थित भएका छन्। साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले महरविरुद्ध पक्राउ अनुमति दिएको थियो। त्यसपछि उनी स्वयं प्रहरी समक्ष उपस्थित भएको साइबर ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने तयारी भइरहेको छ। एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गरेकी हुन्। यसअघि पनि ती महिलाले महरविरुद्ध उजुरी दिएकी थिइन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved