तोकिएको भन्दा बढी भाडा नलिन यातायात स्वतन्त्र मजदुर संगठनको निर्देशन

  • असोज ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सके जति यात्रुहरूको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले देशभरिका सम्पूर्ण यातायात श्रमिकहरूलाई अनुरोध गरेको छ ।

आज दसैँको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरिका रुट पर्मिट ९बाटो इजाजत पत्र० असोज २२ गतेसम्म खुल्ला गरेको छ । चाडको बेला यात्रुहरूसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरू विगतमा आउने गरेकाले यस्ता गुनासोहरू आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनै पनि यात्रुसङ नलिन सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले यातायात मजदुरहरूलाई अपिल गरेका हुन् ।

अध्यक्ष राईका अनुसार हामी सेवा प्रदान गर्ने श्रमजीवी भएकाले राज्यले निर्माण गरेको नीति र विधिका आधारमा सेवा प्रदान गर्नु श्रमिकहरूको दायित्व भएको बताए । एक जना मजदुरले कुनै यात्रुसङ एक रुपैयाँ मात्रै बढी भाडा लिएको सन्देश प्रवाह भएमा देशभरिका यातायात मजदुरहरूको बदनाम हुने भएकाले श्रमिकहरूको प्रतिष्ठाका लागि पनि त्यस्तो कार्य नगर्न अनुरोध गरिएको अध्यक्ष राईले बताए ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सरोकारवालाहरू सहितको छलफलका आधारमा गत वर्ष पुस २२ गते निर्धारण गरेको देशभरिको रुटहरूको भाडा दर नै अहिलेको आधिकारिक भाडा भएकाले सोही अनुसार यात्रुहरूबाट भाडा लिन र सोही अनुसार टिकट काट्न सङ्गठनले सबै मजदुरहरूलाई आग्रह गरेको अध्यक्ष राईले बताए ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नर्मल, डिलक्स र सुपर डिलक्सका आधारमा निर्धारण गरेको भाडा दर सबैले आ आफ्नो सवारीसाधनमा र बुकिङ काउन्टरहरूमा सबै यात्रुहरूले देखिनेपरी टाँस्न र सोही अनुसार भाडा लिन र टिकट काट्न सङ्गठनले श्रमिकहरूलाई आग्रह गरेको छ ।

यात्रुसङ बढी भाडा लिएको उजुरी परे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ९थ० को कसुर अनुसार कानुनी कारबाही समेत हुनसक्ने भएकाले यसबारे सबै श्रमिकहरु सजग हुनुपर्ने सङ्गठनले आह्वान गरेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved