काठमाडौं । लकडाउनका कारण रोकिएको एसइई र कक्षा ११ र १२को परिक्षाबारे एक साता भित्र निर्णय हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिक्षाका विषयमा विभिन्न तिन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आउने साता निचोडमा पुग्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहिबार गरेको भर्चुअल संवादमा उनले विकल्पका विषयमा साता दिन भित्र निर्णय हुने बताए । अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेक
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् भने, संक्रमण पुष्टि भएका मध्य १ लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै ७
विराटनगर । भारतबाट आई विराटनगरको क्वारेन्टाइनमा अवधि पार गरेका १९ जना घर फर्केका छन् । विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न वडाका उनीहरुकोकोरोना परीक्षणपछि घर पठाइएको हो । परीक्षण नतिजा नेगेटिभ देखिएको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बताएका छन् । स्वास्थ्यमा केही समस्या देखिए स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीलाई खबर गर्न निर्देशन दिई क्वारेन्टाइन अवधि सकाएकाहरुलाई बिदा दिइएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिएका छन् । भारतबाट आउनेहरु बस्नको लागि विराटनगर महानगरपालिकाले विभिन्न सामुदायिक भवनहरुमा क्वारेन्टाइन स्थल संचालन गरेको छ ।
विराटनगरको मुख्य बजार आजबाट खुलेको छ । विहीबारबाट आन्तरिक लकडाउनलाई केही व्यवस्थित गर्दै पशलहरु दिउँसो १२ बजेसम्म खुल्न दिने सहमति भएको थियो । विराटनगरमा कपडा, गार्मेन्ट,जुत्ताचप्पल र भाँडावर्तनका पशल पनि विहीबार बिहानैदेखि खुलेका छन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले प्रशासनले लिखित रुपमा व्यपारीसंग सहमित गरी खोल्न दिने सहमति भन्दा पनि परिस्थितिलाई हेरेर १२ बजेसम्म खोल्न दिने समझदारी भएको बताए । भने,“स्वास्थ्य सतर्कता अपनाउँदै कपडा, गार्मेन्ट्स, जुत्ताचप्पल र भाँडा पसशलहरु प्नि खुलेका छन् । खाद्यान्न तथा इलेक्ट्रोनिक्सका पशलहरु संचालनमै थिए ।” उनले सावधानी र सामाजि
धरान : धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको छ । आगलागिमा परेर २ जनाको जलेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुई जना आमा र छोरीको जलेर मृत्यु भएको छ । आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणकालागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेको छन् ।
धरान । १४ औं जातिय छुवाछुत तथा विभेद उन्मुलन दिवश जेठ २१ को अवसरमा रुकुम पश्चिमका नरसंहारका दोषिलाई कारवाहीको माग गर्दै धरानमा श्रद्धान्जली सभा तथा खबरदारी सभाको आयोजना गरिएको छ । संयुक्त राष्ट्रिय दलित संघर्ष समिती सुनसरीको आयोजनामा धरानको भानुचौकमा श्रद्धान्जली सभा तथा खबरदारी सभामा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य उमिता बराइलीले सरकार सहित राजनितिक दलहरुलाई खबरदारी गर्नुपर्ने आवश्यक्ता रहेको बताईन् । दलित समुदायमाथि हुने विभेदको अन्तयका लागि संघ, प्रदेश र स्थानीय तहमा छुट्टै संयन्त्र खडा गर्नुपर्ने उनले बताईन् । उनले रुकुम पश्चिमको घटनाका दोषिलाई कडा कारवाही गर्न माग गर्दै घटनालाई अन्यत्रै
धरान । धरानको महत्वपुर्ण आयोजनाको रुपमा रहेको सर्दु कोरिडोरले तोकेको मापदण्ड अनुसार निर्माण गरिदा सर्दु किनारमा बसेको हजारौ सुकुम्बासी परिवार विस्थापित हुने गुनासो गरेका छन् । सर्दु किनारमा रहेका बस्तीहरुलाई उचित व्यवस्थापन गरेर मात्रै निर्माण कार्य अघि बढाउन समेत उनीहरुले माग गरेका छन् । प्रदेश सरकारको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय मार्फत २० करोड रुपैया बजेटमा धरान १७ स्थित सर्दु खोलामा पुललाई जिरो पोइन्ट बनाएर धरान १३ को देवीमार्गको पुल सम्म करिब ७ किलोमिटर कोरिडोर निर्माण हुने भएको छ । आयोजनाको डिपिआरमा खोलाको भाग ८२ मिटर हुनेछ भने कोरिडोरको भाग ३० मिटर तोकेको छ । जस अनुसार ७ मिटरमा सड
विराटनगर । भोलिदेखि विराटनगरमा बजार मध्यान्न १२ बजेसम्म खुल्ने भएको छ । विराटनगर महानगरपालिकाभित्रका ब्युटिपार्लर,सैलुन र होटलबाहेकका अन्य सबै पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर बजार तथा पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । विराटनगर महानगर क्षेत्रमा बिहानदेखि दिउँसो १२ बजेसम्म पसल खोल्न पाइने बुधबार निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर बजार खोलाउने निर्णय गरेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् । बजार क्षेत्रमा सामाजि
विराटनगर । विराटनगरको भारत सिमावर्ती वडामा महानगरपालिकाले स्वास्थ्य केन्द्र संचालनमा ल्याएको छ । वडा नं. १६ दरैया बस्तीमा स्वास्थ्यकेन्द्र स्थापना गरेको गरिएको हो । यसको शुभारम्भ आज विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । यो भारतसंग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहँुच बढाउने उद्देश्यसाथ स्वास्थ्यकेन्द्र स्थापना गरिएको मेयर पराजुलीले जानकारी दिएका छन् । भने,“स्वास्थ्य केन्द्र नहुदा विशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्वास्थ्यकेन्द्र स्थापना गरेका हौं ।” स्वास्थ्य चौकी खुलेसंगै स्था
रंगेली रंगेली नगरपालिका पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । भारत बाट आएर जनता मा बि को क्वारेन्टाइन मा बस्दै आएका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरू रंगेली नगरपालिका वाड नम्बर ३का २७ र ९ का ३७ वर्षीय भएको रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाका स्वकिय सचिव करन ठाकुरले जानकारी दिएका छन । उनका अनुसार उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा लैजाने तयारी भइरहेको जनाएका छन । यो सगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि रतुवामाई नगरपालिकाका दुई जना पनि संक्रमण पुष्टि भएको थियो ।