रंगेली रंगेली नगरपालिका पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
भारत बाट आएर जनता मा बि को क्वारेन्टाइन मा बस्दै आएका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनिहरू रंगेली नगरपालिका वाड नम्बर ३का २७ र ९ का ३७ वर्षीय भएको रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाका स्वकिय सचिव करन ठाकुरले जानकारी दिएका छन ।
उनका अनुसार उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा लैजाने तयारी भइरहेको जनाएका छन ।
यो सगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
यसअघि रतुवामाई नगरपालिकाका दुई जना पनि संक्रमण पुष्टि भएको थियो ।