एसइई र कक्षा ११, १२ को परिक्षा बारे एक साता भित्रमा निर्णय हुने

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt -फाइल तस्बिर

काठमाडौं । लकडाउनका कारण रोकिएको एसइई र कक्षा ११ र १२को परिक्षाबारे एक साता भित्र निर्णय हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिक्षाका विषयमा विभिन्न तिन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आउने साता निचोडमा पुग्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहिबार गरेको भर्चुअल संवादमा उनले विकल्पका विषयमा साता दिन भित्र निर्णय हुने बताए ।

अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भइरहेको बताए । कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाई छ ।

शिक्षामन्त्री पोखरेलले लकडाउनपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गरे ।

उनले भने, ‘असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन, तत्कालका लागि विकल्प मात्र हो । ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved