विराटनगर बजार दिउँसो १२ सम्म खुल्ने

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । भोलिदेखि विराटनगरमा बजार मध्यान्न १२ बजेसम्म खुल्ने भएको छ ।

विराटनगर महानगरपालिकाभित्रका ब्युटिपार्लर,सैलुन र होटलबाहेकका अन्य सबै पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर बजार तथा पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । विराटनगर महानगर क्षेत्रमा बिहानदेखि दिउँसो १२ बजेसम्म पसल खोल्न पाइने बुधबार निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर बजार खोलाउने निर्णय गरेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा व्यापार र व्यवसाय गरे नगरेको अनुगमनसमेत हुने पराजुलीले बताए ।

भने,“यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्नेछन् ।”यो निर्णय भएसंगै महानगर क्षेत्रमा बजार खुल्ने निश्चित भएको छ । व्यापारी तथा व्यवसायीले यो निर्णयको स्वागत गरेका छन् ।

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved