भारत सीमावर्ती वडामा स्वास्थ्य चौकी संचालन

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको भारत सिमावर्ती वडामा महानगरपालिकाले स्वास्थ्य केन्द्र संचालनमा ल्याएको छ ।

वडा नं. १६ दरैया बस्तीमा स्वास्थ्यकेन्द्र स्थापना गरेको गरिएको हो । यसको शुभारम्भ आज विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । यो भारतसंग जोडिएको वडा पनि हो ।

स्थानीयमा स्वास्थ्य सेवाको पहँुच बढाउने उद्देश्यसाथ स्वास्थ्यकेन्द्र स्थापना गरिएको मेयर पराजुलीले जानकारी दिएका छन् । भने,“स्वास्थ्य केन्द्र नहुदा विशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्वास्थ्यकेन्द्र स्थापना गरेका हौं ।”

स्वास्थ्य चौकी खुलेसंगै स्थानीयहरु खुसी भएका छन् । कोरोनाका कारण सामान्य जाच गर्न समेत कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै महानगरले काम गरिरहेको मेयर पराजुलीले बताए ।

यस्तै वडाध्यक्ष मनोज सुव्वाले जटिल परिस्थितीमा स्थापना भएको स्वास्थ्यकेन्द्रबाट वडावासीलाई राहत पुग्ने बताए । भने,“कोरोना परीक्षणको दर बढाउन जरुरी छ ।” विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले स्वास्थ्य सेवा दिन कुनै कसर बाँकी नराख्ने सुनाए । महानगरले यसभन्दा अगाडि वडा नं.४ को इक्राइ चोकमा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरेको थियो ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved