समाचार

    Showing 961-970 of 8,379 items.
  • नवरात्रि षष्ठी तिथि : आज कात्यानी देवीको पूजा गरिदै

    काठमाडौँ /आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दशैं घर वा पूजा

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नालामा आएको बाढीले बगाएर बृद्धको मृत्यु(मान्छे बगाउने नाला कत्रो छ ?)

    धरान । धरानमा मंंगलबार (आज) दिउँसोदेखि अविरल बर्षासँगै नालामा आएको बाढीले बगाएर एक बृद्धाको मृत्यु भएको छ । अपरान्ह साढे ४ बजे धरान ८ स्थित धनकुटे रोडको सिदार्थ मार्गमा रहेको नालामा आएको बाढीले बगाएर सोही स्थानका ७५ बर्षिय नविनराज राइको मृत्यु छ । स्थानीय सुनिल खड्काले दिएको जानकारी अनुसार उक्त नाला स्लाब विहीन भएको र नालामा मान्छे नै बगाउने गरि बाढी आउने भएकाले हिँडडुल गर्नेको ज्यान नै जोखिममा पर्ने गरेको वताइएको छ । उनले भने,“उक्त नाला ५ फिट भन्दा गहिरो छ भने नालामाथि स्लाब लगाइएको छैन,धरानको वडा नम्बर ९ र १० सहित पानी त्यहीँ नाला भएर बग्ने गरेको छ तर सार्वजनिक बाटो नै भएपनि सुरक्षित

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 4,252 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तिको पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको संरक्षण , प्रबद्बन तथा बिकासलालागि गठन भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो प्रथम बार्षिक साधारण सभा तथा वडा दशैं , दिपावली , छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वडा नं १ का वडा सदस्य कुमार भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्थानिय बिकाश पुर्वाधार बिकाश कार्यालय इटहरीका इन्जिनियर धिरेन्द्र दाहाल , बिष्णु

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सुरक्षा व्यवस्था गर्न कुकुरसहित प्रहरी तैनाथ

    धरान/ धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दसैं दशा भएर आयो’

    सुनसरी/ सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, ‘दसैं अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसै मनाउने सोच थियो ।’ यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पु¥याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’ यसैगरी भोक्राहा नरसिंह गाउँप

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औषधी व्यवसायी दोहोरो मारमा प्रतिबन्धित औषधिहरु बजारमा विक्री

    धरान/ नेपाल सरकारले स्वीकृति नदिएका औषधिहरु धमाधम भित्रिदै गएको अवस्थामा मेडिकल व्यवसायहरुले यसलाई रोक्न व्यवसायीहरु नै सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । इजाजत विनाको औषधि भित्रिने र लागू औषधमा पसेकाहरुले औषधिलाई लागू औषधको रुपमा प्रयोग गर्ने वेथिति बढ्दै गएको अवस्थामा मेडिकल व्यवसायीहरुले यसलाई रोक्नुपर्ने बताएका थिए । नेपालमा पछिल्लो समय नेपाल सरकार मातहतको औषधि विभागले इजाजत नदिएका औषधीहरु धधाधम भित्रिने र युवा पुस्ताले यसलाई लागू औषधको रुपमा प्रयोग गर्ने विकराल समस्या देखिएकोप्रति इंगित गदै व्यवसायहरुले मेडिकल व्यवसाय नै सचेत भएमात्र यसलाई रोक्न सकिने बताएका हुन । नेपाल मेडिकल

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि सप्तकोशीमा जेटबोट पुनः सञ्चालनमा आयो

    धरान/ सप्तकोशी नदीको जल सहत घट्दै गएपछि आजदेखि बराहक्षेत्रको चतरा स्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीको जल सतह घट्दै गएकाले आजदेखि जेटबोट पुनः सञ्चालन शुरू गरिएको बताए । चाडवाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ । अविरल बर्षासँगै कोशीमा पानीको बहाब वढ्पछि असुरक्षा हुने भएकाले जेटबोट सेवा बन्द भएको थियो । अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर लगाय

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईमा सुनसरी टपर हेलेनलाई धरानमा नगद सहित सम्मान

    धरान/ एसइई परीक्षामा सुनसरी जिल्लाका टपर हेलेन तुम्बापो स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट सम्मानित भएका छन् । इटहरी निवासी हेम राज तुम्बापोको छोरा तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले नगद १० दश हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्य कविरमान तुम्बापो प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सु

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका डिक बहादुर खड्का ४० बर्षदेखि  कुकुर बाँध्ने फलामे साङ्लोमा  

    इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा  सुन्दा पनि आश्चर्य लाग्ने हृदय बिदारक  घटना , ४० बर्ष भन्दा बढी एक मानिसलार्इ आफ्नै घरभित्र फलामको कुकुर बाध्न प्रयोग गरिने साङ्लोले बाधेर राखिएको छ  ।यो अमानबिय,,गैह्र कानुनी घटना लाई राज्यले केहि गर्नु जरुरी छ ।    उपचार पाए ,उनी बोल्न सक्छ्न ।आफ्नो मान्छे चिन्छ्न।आफैसौचालय जान्छ्न । खान दिएको खाना आफै खान्छ्न ।पेट भरिएपछी भयो अब नखाने भन्छ्न ।   पानी खान्छु तिर्खा लाग्यो भन्छ्न । हास्न सक्छ्न ।जुन कुरा बिगतमा ४ महिना अस्पताल राखेर उपचार गरेपछी सुधार भएको प्रमाण समेत छ ।    तर परिवारले उपचार गर्न सकेन ।लापरब

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा

    विराटनगर/  कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् । प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् । कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र राईले समय सिमा गुज्रिसकेर पनि निर्माण सम्पन्न हुन नसकेका १९ वटा सडक र १२ वटा पूललाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरिएको बताए । प्रदेश सरकारले संकटग्रस्त योजना घोषणा गरि काम शुरु गर्नेका लागि योजना

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 249 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved