सुन्दरहरैँचाका पूर्व नगर प्रमुख ढकालद्वारा नगरपालिकालाई सहयोग
- असोज ८, २०८२
- कोशीपत्र/संवाददाता
सुन्दरहरैंचा/ जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई मंलबार कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।
पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो ।
नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ ।
सुन्दरहरैचाको सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टर क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि र केवी तथा अनिता श्रेष्ठले एक/एक थान कम्प्युटर, कञ्चनजंघा इन्डष्ट्रिज पालिले कम्प्युटर र प्रिन्टर एक/एक थान, सुन्दरहरैचा ७ का विशाल खरेलले प्रिन्टर २ थान र सिपीएन इन्फोसिस् प्रालिले प्रिन्टर एक थान नगरपालिकालाई उपलब्ध गराएको पूर्व नगर प्रमुख ढकालले बताए।
कार्यक्रममा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाँइले नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । नगरपालिकाले सेवा प्रवाह शुरु गरिसकेको बताउदै नगरप्रमुख गुरागाँइले नगरपालिका जलेर नष्ट भएपनि निराश भएर बस्ने अवस्था नभएको बताए।
भदौ २४ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको करिव ४ करोड ३० बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए।