धरानमा दशैँ लक्षित बजार अनुगमन, ’फोटो सेसन’ बढी प्रभाव कम !

  • असोज ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दशैंको चटारो सुरु भएसँगै धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले बजारमा सक्रियता देखाएको छ ।

तर, यो सक्रियता औपचारिकता मात्रै भएको आरोप उपभोक्ताहरूबाट लाग्दै आएको छ ।
धरान १ स्थित छाताचोक क्षेत्रका केही पसलमा गरिएको अनुगमनलाई धेरैले “मौसमी“ भन्दै आलोचना गरेका छन् ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत सहभागी थिए । तर, अनुगमनको उद्देश्यभन्दा पनि फोटो सुट गरेर भाइरल बन्ने चाहना प्रष्ट देखिएको स्थानीयको आरोप छ ।

अनुगमनका क्रममा आधा दर्जन जति पसलहरूमा अत्यन्तै विषालु मानिने कोलेन खाद्य सामाग्रीसँगै राखिएको पाइयो भने प्याकेजिङ गरिएका केही सामग्रीमा तौल कम भेटिएको थियो । तथापि, अनुगमन टोलीले कारबाहीभन्दा सचेतना जगाउने उद्देश्यले मात्र अनुगमन गरिएको प्रष्ट पारे ।

सुनसरी उद्योग वाणिज्य संघका सदस्य किशन मास्केले भने,“अनुगमन त भयो तर यसको प्रभावकारीता भने देखिएन । व्यापारीहरूले आफ्नो व्यवसायिक धर्म अनुसार काम गर्नुपर्छ भनेर हामीले आग्रह गरेका छौ ।’

यता बजार अनुगमन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाले व्यापारीहरूले यदि कैफियत गरे सम्झाउने, सुधार नगरेसम्म कारबाही नगर्ने र फल्ट भेटिएमा भने सम्बन्धित सामग्री नष्ट गरेर कारबाही गरिने प्रक्रिया अगािड बढाइने बताए ।

व्यापार व्यवसाय जेनजी आन्दोलनपछि निकै थलिएपछि, महँगीको मार झेलिरहेका उपभोक्ताहरूलाई दशैँको तयारी गर्न कठिन भएको छ । यस्तो अवस्थामा कतिपय व्यापारीहरूले तौल घटाएर वा मूल्य बढाएर सामान बेच्ने गरेको आरोप उपभोक्ताहरूले लगाइरहेका छन् ।

धरानका उपभोक्ताहरूको गुनासो छ—‘अनुगमन हुँदा केही कैफियत भेटिन्छ, तर त्यसको कारबाही देखिँदैन । बजार अनुगमन एउटा औपचारिकता जस्तै भएको छ ।’

धरान उपमहानगरपालिकाले भने बजार अनुगमनलाई नियमित बनाउने र उपभोक्ताको हक अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तर, अनुगमन ’फोटो सेसन’ मा सीमित भए उपभोक्ताले त्यसको परिणाम महसुस गर्न सक्दैनन् भन्ने यथार्थ अझै हटेको छैन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved