समाचार

    Showing 9,601-9,610 of 10,057 items.
  • कर छुट कार्यान्यवनका लागि यातायात व्यवसायीको प्रदेश सरकारलाई आग्रह

    धरान । लकडाउनका कारण ग्यारेज तथा घरमै थन्किएका सवारी साधनको कर छुट दिने सरकारको कानुनी व्यवस्थालाई कार्यान्यवन गराउन आवश्यक निर्देशनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर १ समितीले प्रदेश सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण यातायात व्यवसाय सँग जोडिएका करिब ४० लाख भन्दा बढी मानिसहरु प्रभावित भएको अवश्थामा प्रदेश सरकारले यातायात व्यवसायीका लागि कुनै पनि राहतको प्याकेज दिनुको साटो प्रदेश सरकारले कर राजश्वहरुमा कानुन अनुसार दिन सकिने छुटका सम्बन्धमा पनि बजेट वक्तव्य समेत उल्लेख नगर्दा दुःखी तुल्याएको बताएको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर

    • प्रकाशित मितिः असार ८, २०७७
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा डायलासिसका बिरामीलाई उपचार असहज बन्दै

    धरान । लकडाउनले सवारी साधन नचल्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका मृगौला रोगीहरु समस्यामा परेका छन् । सवारी साधन नचल्दा प्रतिष्ठानमै बस्न बाध्य बनेका बिरामीहरुले डाइलासिस गर्दा सरकारले दिइने सुविधा समेत नपाएको र खाना बस्न समेत समस्या भएको छ । लामो समयको लकडाउनले गर्दा धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने बिरामीहरु सवारी साधन संचालन नहुँदा प्रतिष्ठानमै बस्न बाध्य छन् । बिरामीहरुलाई एका तिर खाने र बस्नेकै समस्या रहेको छ भने अर्को तिर डायलासिसका लागि सरकारले दिएको निशु

    • प्रकाशित मितिः असार ८, २०७७
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५३५जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

    आज थप ५३५ जनामा संक्रमण पोजेटिभ देखिएको हो।  यो सगै नेपालमा संक्रमितको संख्या ९५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ५३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१४२ जना पुगेको छ । नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७७
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी परियोजना पारदर्शी गर्न माग गर्दै धरानमा प्रदर्शन

    धरान । लामो समय देखिनै विवादित बनेको धरानको खानेपानी परियोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा धर्ना सहितको प्रर्दशन गरेको छ । संयुक्त खानेपानी संघर्ष समितीले चार सुत्रिय माग राख्दै सोमबार नगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् । उनीहरुले परियोजनाको खर्च पारदर्शी बनाउनुपर्ने, खानेपानी अनुगमन समितीले दिएको सुझाव अनुसार सरकारले निर्धारण गरेको टेरिफ अनुसार महशुल निर्धाणर गर्नु पर्ने र आयोजनाको अध्ययन र अनुगमन गरि भ्रष्ट्राचार भएको देखिए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् । समितीका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुख त

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,067 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारविरुद्ध मंगलबारेमा रिले धर्ना

    विराटनगर । मोरङको मंगलबारेका स्थानीयहरुले प्रदेश १ सरकारविरुद्ध अनिश्चितकालिन रिले अनसन सुरु गरेका छन् । मोरङको उर्लाबारी–३ मा अवस्थित मंगलबारे अस्पतालको नामको विषयलाई लिएर मंगलबारेमा विगत पन्ध्र दिनदेखि आन्दोलन चलिरहेको छ । प्रदेश १ सरकारले मंगलबारे अस्पतालको नाम मदन भण्डारी ट्रमा सेन्टर राखेर बजेट विनियोजन गर्ने जनाउ दिएसंगै स्थानीय विरोधमा उत्रिएका हुन । सङघर्स समितिले सोमबारदेखि मंगलबारे अस्पताल गेट अगाडि टेन्ट लगाएर रिले धर्ना सुरु गरेको छ । यसमा आन्दोलनकारी दलका प्रतिनिधिहरुसमेत सहभागी छन ।नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंच सम

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को संसद बैठक प्रमुख विपक्षी कांग्रेसद्वारा अवरुद्ध

    विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौ प्रवेशमा गरिंदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसंग आफ्ना भनाई राख्न नसकेको लगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो । संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । सभामुख प्रदिपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् । कार्कीले प्रश्न गर्दै भने,“हामी कुन दर्जाको नागरिक हो । प्रदेश बन्यो तर प्रदेशले संघ

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवालाई आंकाक्षा नेपालको नेतृत्व विकाश तालिम

    धरान । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि आंकाक्षा नेपालले धरानमा एक दिने नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । युवाहरुलाई असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणा अनुसार नेतृत्व विकाश तालिम प्रदान गरेको हो । आइतबार सम्पन्न तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरुका विषयमा तालिम केन्द्रित भएको थियो । धरान जेसिजका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले तालिमको सहजीकरण गरेका थिए । युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकाश गर्न नेतृत्व विकाश तालिम प्रदान गरिएको आकांक्षा

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,133 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान नगरसभाको विवाद चुलिदै

    धरान । नगरसभाको मिति नजिकिदै गए पछि धरान उपमहानगरपालिकामा नगरसभाको विवाद चुलिदै गएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै वडाअध्यक्षहरुले आक्रोशित बन्दै गएका छन् । आइतबार वडाअध्यक्षहरुको टोलिले बजेटको सिलिङ पठाउन माग गरेका छन् भने अर्को तिर प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले सबै बजेट नगर केन्द्रित गर्दै वडाहरुको बजेट कटौती गरेको आरोप लगाएका छन् । अघिल्ला वर्षहरुमा विनियोजित हुँदै आएको बजेट यस वर्ष ५० प्रतिशत भन्दा बढी कटौती गरेको वडाअध्यक्षहरुको भनाई छ । उनीहरुका अनुसार अघिल्लो वर्ष

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,210 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेलबाट निकाल्ने भन्दै सन्दिभक्तले खाए साडे छ लाख, रिण लागेपछि परिवारको बेहाल

    इलाम/ इलामका एक व्याक्तिले जेलबाट मान्छे निकाल्ने भन्दै साढे छ लाख रुपैयाँ पैसा लिएको पाइएको छ । अनेरास्वबीयूका केन्द्रिय सदस्य रहेका शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकाल्न भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको पाईएको हो । जेलमा परेका तिरुवा परिवारका तिन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलेको हो । २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई महिला बेचबिखन काण्डमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा रहेका थिए । पक्राउपरेका उनीहरुलाई निकाल्दिने भन

    • प्रकाशित मितिः असार ७, २०७७
    • 896 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान

    धरान । दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । धरान क्षेत्र भित्र रहेका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आइतबार सम्मान गरिएको हो । धरान उपमहानगरपालिका अन्र्तगतको दलित विकाश समितीले कार्यक्रम आयोजना गरि ९८ वर्ष सम्म उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित लाठि र छाता दिएर सम्मान गरेको हो । धरानका २० वटै वडामा रहेका ५५ जना ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, संयुक्त संघर्ष समिती धरानका संयोजक गंगा कालिकोटे, दलित सेवा संघका केन्द्रिय सल्लाहाकार रमेश गजमेर लगायतले सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,159 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved