युवालाई आंकाक्षा नेपालको नेतृत्व विकाश तालिम

  • असार ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि आंकाक्षा नेपालले धरानमा एक दिने नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ ।

युवाहरुलाई असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणा अनुसार नेतृत्व विकाश तालिम प्रदान गरेको हो ।

आइतबार सम्पन्न तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरुका विषयमा तालिम केन्द्रित भएको थियो ।

धरान जेसिजका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले तालिमको सहजीकरण गरेका थिए ।

युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकाश गर्न नेतृत्व विकाश तालिम प्रदान गरिएको आकांक्षा नेपालकी अध्यक्ष रत्न राईले बताईन् ।

तालिममा धरान १३ नम्बर वडा लगायतका ३० जना युवाहरुको सहभागिता रहेको थियो ।

तालिमबाट सिकेका कुराहरुले आफुलाई अघि बढ्न मार्ग निर्देशन गरेको सहभागि विजय घिमिरेले बताए ।

तालिमहरु युवाहरुको लागि मार्ग निर्देशन गर्न आवश्यक रहेको र सरोकारवाला पक्षले निरन्तरता दिनुपर्ने अर्की सहभागि सोनिका भट्टराईले बताईन् ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved