प्रदेश १ सरकारविरुद्ध मंगलबारेमा रिले धर्ना

  • असार ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको मंगलबारेका स्थानीयहरुले प्रदेश १ सरकारविरुद्ध अनिश्चितकालिन रिले अनसन सुरु गरेका छन् ।
मोरङको उर्लाबारी–३ मा अवस्थित मंगलबारे अस्पतालको नामको विषयलाई लिएर मंगलबारेमा विगत पन्ध्र दिनदेखि आन्दोलन चलिरहेको छ । प्रदेश १ सरकारले मंगलबारे अस्पतालको नाम मदन भण्डारी ट्रमा सेन्टर राखेर बजेट विनियोजन गर्ने जनाउ दिएसंगै स्थानीय विरोधमा उत्रिएका हुन ।

सङघर्स समितिले सोमबारदेखि मंगलबारे अस्पताल गेट अगाडि टेन्ट लगाएर रिले धर्ना सुरु गरेको छ । यसमा आन्दोलनकारी दलका प्रतिनिधिहरुसमेत सहभागी छन ।
नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंच सम्वद्ध संघिय लिम्बुवान पार्टी नेपाल उर्लाबारी र मंगलबारेका युवा समुहसमे मिलेर बनाइएको संयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलनअन्तर्गत शान्तिपूर्ण रिले धर्ना शुरु गरिएको जनाइएको छ ।

प्रदेश १ को आर्थिक वर्ष २०७७-७८ को बजेटमा समेत मंगलबारे अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने भन्दै बजेट विनियोजन गर्ने भनिएको छ । संघर्ष समितिका सचिव मात्रिका धिमालले स्थानीयबासी र दलको आन्दोलन अनि मागबारे सरकारले चासो दिई वार्ता गर्न तदारुकता नदेखाएको बताए ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved