समाचार

    Showing 9,571-9,580 of 10,057 items.
  • धनकुटाको चौबिसे गाउँपालिकाद्वारा ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभा मार्फत गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सभामा प्रस्तुत गरिएको बजेट अन्तरगत पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख २१ हजार नौ सय रहेको छ भने सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख गरी ४४ करोड १३ लाख २१ हजार नौ सय रहेको गाउँपालिका उपाध्यक्ष रुचालले बताईन् । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेकको आन्तरिक आयतर्फको कुल रकम २२ करोड ७५ लाख २१ हजार नौ सय रहेको छ । उक्त रकम मध्ये व्यय शिर्षकको पूँजीगततर्

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,796 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

    काठमाडौं – काठमाडौंको टोखामा आफ्नै श्रीमानको चक्कु प्रहार बाट श्रीमतीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयलका अनुसार बुधबार राति करिब १ बजेको समयमा उनिहरु बिच विवाद भएको र साही विवादको क्रममा चक्कु प्रहार गरि श्रीमति सलिना खड्काको हत्या गर्ने श्रीमन ४३ वर्षीय कृष्णहरि बानियाँलाई बिहिबार बिहानै प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहारबाट सलिनाको घटना स्थलमै मृत्यु भएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,091 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक भयो अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट

    काठमाडौं / भारतीय चर्चित अभिनेता सुशान्त सिहं राजपुतले गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घर झुडिएर आत्महत्या गरेका थिए । उक्त घटना पश्चात बलिउड जगतमा नेपोटिज्म को विषयमा बहस सुरु भएको छ । उनका समर्थक तथा केही सहकर्मीहरुले उनको आत्महत्या नभई हत्या भएको बताउदै आएका थिए । उक्त कुराले बलिउड जगतमा नेपोटिजमको बहस चर्किएको थियो । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो । निधन भएको ११ औं दिनमा उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । पोष

    • प्रकाशित मितिः असार ११, २०७७
    • 2,369 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपल्वका धनकुटा जिल्ला ईन्चार्ज पक्राउ

    धरान/ प्रतिवन्धित नेकपा विपल्व समूहका जिल्ला ईन्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश १को क्षेत्रीय अनुसन्धान समूह आरआईटि र ईलका प्रहरी कार्यलय धरानको संयुक्त टोलिले धरान वडा नम्बर १५ को एक घरबाट पक्राउ गरेको हो । उनको साथबाट २ वटा मोबाईल सेट र ६ वटा सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । साथै सोधपुछको क्रममा उनले प्रयोग गर्ने मोटरसाईकल धरान १५ स्थित रामहंसमार्गमा पार्किङ गरेर राखेको मोटरसाईकल बिहिबार बिहान तलासी गर्ने क्रममा प्रहरीले सिट मुनि प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा १ थान पोस्तोको नाल १ थान म्यागेजिनमा लोड भएको ३ राउण्ड गोली बरामद गरेको इप्रका धरानले जनाए

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,160 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद भन्छन्ः प्रदेश सरकारले हाम्रो कुरा सुन्दैन्

    विराटनगर । प्रदेश १ सरकारले सांसदले सदनमा उठाएको सवालमा चासो नदिएको भन्दै नेकपाकी सांसद कला घलेले आज शून्य समयमा दुबै कान थुनेरै बोलेकी छन् ।प्रदेश १ को सरकार ‘कामकाजी हौं कि नामकाजी हौं’ प्रस्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आँफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन । “प्रदेश सरकारले सुनुवाई त गर्नुपर्छ नी ! मन्त्रीकै निर्वाचन क्षेत्रमा योजना हुलका हुल छन्,” उनले भनिन्,“यो तरिकालो सुनुवाई नभएकोले कान थुनेर शुन्य समयमा बोलेको हुँ ।” सांसद घलेले उदयपुरको महाभारत एकीकृत पर्यटन पार्क निर्माण भएको तर निर्माण समितिले प्रदेश

    • प्रकाशित मितिः असार ११, २०७७
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना प्रभावले विराटनगर महानगरको बजेट २ अर्बले घट्यो

    विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु. ३ अर्ब ३७ करोड ८१ लाख बराबरको बजे सार्वजनिक गरको छ । महानगरको छैठौं नगरसभामा उप–प्रमुख इन्दिरा कार्कीले वार्षिक आय व्ययको अनुमान प्रस्तुत गरिन । उल्लेखित बजेट महानगरको आन्तरिक स्रोतबाट रु.८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रु. ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. ३८ करोड ७ लाख ६८ हजार प्राप्त हुने अनुमान गरिएको छ । महानगरले संघीय सरकारबाट सशर्त अनुदानबाट रु. १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदान

    • प्रकाशित मितिः असार ११, २०७७
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका ४ पालिकाको बजेट सार्वजनिक

    इलाम/ इलाम नगरपालिकाको सातौ नगरसभाले २०७७/७८ आर्थिक प्रस्ताव तथा विनियोजन प्रस्ताव सर्वसहमतिले पारित गरेको छ । आर्थिक समितिका संयोवक नारद लम्साले प्रस्तुत गरेको आर्थिक प्रस्तावमा एक अर्ब तीन करोड ७३ लाख बाह्र हजार रुपैयाँ आम्दानी हुने अनुमान सहितको आर्थिक प्रस्ताव नगरसभाले पारित गरेको हो । त्यसमा आन्तरिक श्रोतबाट २३ करोड ४७ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । आन्तरिक आय तर्फ एक करोड ऋण उठाउने प्रस्ताव गरेको छ । त्यस्तै संघीय सरकारबाट ६४ करोड ११ लाख ८० हजार दुईसय ९० रुपैयाँ आम्दानी हुने, प्रदेश सरकारबाट चार करोड पचासी लाख असि हजार रुपैयाँ आम्दानी हुने, राजश्व बाडफाडबाट एघार करोड २७ लाख

    • प्रकाशित मितिः असार ११, २०७७
    • 880 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • विहिबार बिहान बर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

    विहिबार बिहान बर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ्समा परी सप्तरीको छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय राजविराजका अनुसार महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ । ।

    • प्रकाशित मितिः असार ११, २०७७
    • 631 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीमा जिप र मोटरसाइकल दुर्घटना

    पूर्वपश्चिम राजमार्ग सप्तरीको खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा मोटरसाइकलर जिपदुर्घटना हुँदा मोटरसाइकलम सवार आमा छोराको मृत्यु भएको छ । । लहानबाट कञ्चनरुपतर्फ आउने क्रममा जिपले ठक्कर दिएको हो । स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा खड्ग नगरपालिका९ ५ निवासी ६५ बर्षीया सुधनीदेवी देवी दास र ३७ बर्षीय वीरेन्द्र दास छन् । प्रहरीका अनुसार मृत्यु भएकाको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।  

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,172 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारीको बजेट १ अर्व १३ करोड भन्दा वढि कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता

    बेलबारी / बेलबारी नगरपालिकाले आर्थीक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेका छन । छैटौ नगर अधिबेशन बाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ । नगर अधिबेशनले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । निम्न योजनाहरुलाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा लिएको छ । गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र

    • प्रकाशित मितिः असार १०, २०७७
    • 974 पटक पढिएको
    • "उत्तम पोख्रेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved