विहिबार बिहान बर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङ्समा परी सप्तरीको छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय राजविराजका अनुसार महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ । ।