समाचार

    Showing 9,471-9,480 of 10,056 items.
  • प्रदेश १ मा ५ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आईतबार ५ जना संक्रमित थपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा स.क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

    • प्रकाशित मितिः असार २१, २०७७
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोटरी क्लब विराटनगर मिडटाउनमा भट्टराई

    विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा पूण्य भट्टराई चयन भएका छन् । उनी होटल व्यवसायी हुन । रोटरीको १९ औं पदस्थापन कार्यक्रममार्फत उनले जिम्मेवारी सम्हालेका छन् । रोटरी क्लब आफ विराटनगर मिडटाउनमा ५२ जना सदस्य रहेका छन् । क्बलको भावि अध्यक्षमा जयकमल अग्रवाल चयन भएका छन । यसैगरी क्लबको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिव नविन भट्टराई, कोषाध्यक्षमा गिरिराज बस्नेत र निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा,केशरीचन्द बोथरा, नरेस वंशल छन् । यस्तै सदस्यहरूमा अश्विनी वंशल, निश्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल छन् ।

    • प्रकाशित मितिः असार २१, २०७७
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप  २९३ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार  ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप १ जनाको मृत्यु भएको  छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  १३२  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६५४७  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २१, २०७७
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खसि बोका बजार नहुँदा पुर्वी पहाडी जिल्लाका कृषक मारमा

    धरान । चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा बन्द रहेको थियो । लामो समय पछि शुक्रबार कृषकहरुले जबरजस्ती खसिबोका बिक्रि गर्न ल्याएका थिए तर खसि बोका खरिद बिक्रिका लागि ग्राहकहरु नआउँदा फिर्ता लानु पर्ने बाध्यतामा कृषकहरु रहेका छन् । पुर्वी पहाडी जिल्लाबाट आउने खसि बोकाको बजार नहुँदा कृषकहरु मारमा परेका छन् । लकडाउनको कारण धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाटबजार संचालन नहुँदा खसि बोका बिक्रिमा समस्या भोग्नु परेको हो । खसि बोका बिक्रि गरेर गर्जो टार्नकै लागि खसि बोका धरान बजार ल्याए पछि भिडभाड बढ्दै गएका कारण बजार व्यवस्थापन समित

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्यांकनबाट नतिजा तयार गरिने

    काठमाडौँ / विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको कक्षा ११ को परिक्षा नहुने भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्षताको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका  आधारमा प्रमाण पत्र दिने निर्णय गरेको छ ।  आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । गत बेशाख २६ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा कोरोना जोखिमका कारण कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थिय

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारी बाट फर्किएका महिलालाई वंगुरको पाठापाठी बितरण

    धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ । सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् । उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले

    • प्रकाशित मितिः असार २१, २०७७
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छथर जोरपाटी गाँउपालिकामा बसाई सरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार

    धनकुटा/ धनकुटाको छथरजोरपाटी गाँउपालिकाले गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ । खाँली खाल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न यस चालु आर्थिक वर्षमा छथर जोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिएको छ । गाँउपालिकाले एउटा लहिनो दुहुना गाई बराबर ६०÷६१ हजार पर्ने ९ वटा खरिद गरेर सो गाउँपालिकामा बसाई सरी आएका ९ घर परिवारलाई निःशुल्क वितरण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । सो गाँउपालिका भित्र स्थायी रुपमा बसाई सरी आएको कम्तीमा तीन महिना भएका परिवारलाई दुहुन

    • प्रकाशित मितिः असार २१, २०७७
    • 932 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानमा ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस मनाइयो

    धरान /  कोभिड १९ को लकडाउनका बिच धरानमा आज शनिबार अन्तराष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरीकाले मनाइएको छ । विशेष गरी धरान नगर सहकारी समन्वय समितीको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगर स्तरीय सहकारी भेला समेत एकैपटक सम्पन्न भएको छ । धरान नगर सहकारी समन्वय समिती र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउँदो साउनबाट धरान ९ मा समन्वय समितीको कार्यालय स्थापन गर्ने सहमती जुटेको छ । कोष नभएकाले कार्यलय संचालनका लागी जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एकवर्षका लागी मासिक १ हजारको दरले सहयो

    • प्रकाशित मितिः असार २१, २०७७
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  सामुदायिक विद्यालयमा अङ्ग्रेजीमोह बढ्दै

    मोरङको पथरी शनिश्चरे नगरपालिकाको क्षेत्रअन्तर्गत २७ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालयहरू क्रियाशील रहेको तथ्याङ्क पाइन्छ । तिनीहरूमा बढीमा विभिन्न कक्षा १२ सम्मको अध्ययन–अध्यापन हुने गरेको भेटिन्छ । कतिपय अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई शिक्षादिक्षा दिलाउने सन्दर्भमा अङ्ग्रेजीमोह जागेको अवस्था छ । यसका लागि संस्थागत विद्यालय नै अभिभावकहरूको रोजाइमा पर्ने गरेको थियो । तथापि, पछिल्लो समयमा सामुदायिक विद्यालय विकास, समग्र शैक्षिक विकास, पाठ्यक्रम विकास, शिक्षा–शिक्षण विधिको विकास, अनुशासन, आचरण र नैतिकवान शिक्षादिक्षा आदिका कारणले सामुदायिक विद्यालयहरूले संस्थागत व

    • प्रकाशित मितिः असार २१, २०७७
    • 1,233 पटक पढिएको
    • "–भूमिप्रसाद पाठक"
  • थप  २३२ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार २सय ५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप  २ जनाको मृत्यु भएको  छ। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको र अर्को गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप   २७२ जना संक्रमित निको भएर डिस्चार्ज

    • प्रकाशित मितिः असार २०, २०७७
    • 726 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved