विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा पूण्य भट्टराई चयन भएका छन् । उनी होटल व्यवसायी हुन ।
रोटरीको १९ औं पदस्थापन कार्यक्रममार्फत उनले जिम्मेवारी सम्हालेका छन् ।
रोटरी क्लब आफ विराटनगर मिडटाउनमा ५२ जना सदस्य रहेका छन् । क्बलको भावि अध्यक्षमा जयकमल अग्रवाल चयन भएका छन ।
यसैगरी क्लबको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिव नविन भट्टराई, कोषाध्यक्षमा गिरिराज बस्नेत र निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा,केशरीचन्द बोथरा, नरेस वंशल छन् ।
यस्तै सदस्यहरूमा अश्विनी वंशल, निश्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल छन् ।