कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्यांकनबाट नतिजा तयार गरिने

  • असार २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ / विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको कक्षा ११ को परिक्षा नहुने भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्षताको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका  आधारमा प्रमाण पत्र दिने निर्णय गरेको छ । 

आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ ।

गत बेशाख २६ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा कोरोना जोखिमका कारण कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थियो ।
बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गरिने भएको छ ।

असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ ।
कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved