खसि बोका बजार नहुँदा पुर्वी पहाडी जिल्लाका कृषक मारमा

  • असार २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा बन्द रहेको थियो । लामो समय पछि शुक्रबार कृषकहरुले जबरजस्ती खसिबोका बिक्रि गर्न ल्याएका थिए तर खसि बोका खरिद बिक्रिका लागि ग्राहकहरु नआउँदा फिर्ता लानु पर्ने बाध्यतामा कृषकहरु रहेका छन् ।

पुर्वी पहाडी जिल्लाबाट आउने खसि बोकाको बजार नहुँदा कृषकहरु मारमा परेका छन् । लकडाउनको कारण धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाटबजार संचालन नहुँदा खसि बोका बिक्रिमा समस्या भोग्नु परेको हो । खसि बोका बिक्रि गरेर गर्जो टार्नकै लागि खसि बोका धरान बजार ल्याए पछि भिडभाड बढ्दै गएका कारण बजार व्यवस्थापन समितीले अर्को हप्ता देखि नल्याउन उर्दी जारी गरे पनि कृषकहरु चिन्तित बनेका छन् ।

पानवारीबाट १० वटा खसि बोका बिक्रिका लागि बजार ल्याएका इन्द्र बहादुर बस्नेत फिर्ता लानु पर्यो भन्दै गुनासो गर्दै थिए । उनले मुल्य नै नपाए पछि फिर्ता लान बाध्य बनेको बताए । उनले भने, ‘बजार छैन्, अहिले आएर भन्दै हुनुहुन्छ, अर्को हप्ता देखि नल्याउनु, भिडभाड भयो भनेर, समस्या पर्यो नि, गाडिमा ल्याउनुपर्छ, फिर्ता लान पनि भाडानै तिर्नु पर्छ, बिक्रि नै हुन छाडेको छ, पहिलेको भन्दा धेरै कम छ ।’

कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा खसि बोकाहरु बिक्रिका ल्याउने गरिन्छ । धरानको कृषि बजार हुँदै देशका अन्य जिल्ला तथा भारतीय बजारका लागि खसि बोकाहरु खरिद बिक्रि हुने गरेको थियो । तर लकडाउनका कारण यातायात ठप्प र हाटबजार नै संचालन नहुँदा कृषकहरु मारमा परेको खसिबोका व्यवसायी थानेश्वर निरौला बताउँछन् । कृषकहरुले भोजपुरबाट समेत हिडाएर भए पनि खसिबोका ल्याउने गरेको उनले बताए । उनले भने, खसी बोका त झनै समस्या छ, भोजपुरबाट हिडाएर ल्याउनुपरेको छ, बाटोमा विभिन्न समस्या छ, प्रहरीले पनि दुँख दिन्छ, यातायातको लागि सवारी साधन चलेको छैन्, कृषकलाई अति नै समस्या छ ।’ खसी बोकाको मासु काटेर व्यवसाय गर्ने व्यवसायीहरुलाई पनि समस्या परेको उनले बताए ।

लकडाउन अघि धरान स्थित कृषि उपज बजारमा लाग्ने शुक्रबारे हाटबजारमा एकै दिन दुई हजार भन्दा बढी खसिबोका बिक्रि हुने गरेको थियो । पहाडी जिल्लाबाट ल्याइएका खसि बोका खरिद गर्न भारतीय व्यापारी समेत आउने गर्दथे । तर लकडाउनका कारण खसिबोका नै आउँन छाडेका छन् भने ल्याइएका खसिबोका बिक्रि नहुँदा किसानहरु समस्यामा परेका छन् ।

लकडाउनका कारण अन्य पसलहरु खुल्ला भए पनि खसिबोका बिक्रि हुने हाट बजार अझै सम्म पनि नखुल्ना बजार प्रभावित बनेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईको भनाई छ । उनले भने, बिक्रि गर्नका लागि हाटबजार नै चाहिन्छ, अझै पनि हाटबजार बन्द गर्नुनै भनिरहेको छ, त्यसैले प्रतिष्पर्धात्मक बजार नहुँदा समस्या भएको छ ।’

लकडाउन यता व्यवसायीहरुले दैनिक १/२ वटा संकलन गरेर बाहिर जिल्लाहरुमा पठाउने गरेका छन् । भट्टराईका अनुसार लकडाउन अघि हप्तामै ३/४ वटा ट्रकमा खसिबोका बाहिरने गर्दथे अहिले भने दुई हप्ता १ ट्रक मात्रै जाने गरेको छ । उनले भने, किसानले बजार सम्म ल्याउन सवारी साधननै छैन्, बजार खुलेको छैन्, मासु काटेर बेच्ने पसल पनि छैन्, त्यसै कारोबारनै हुँदैन् ।’ बजार ठप्प हुँदा भने मुल्य भने उच्च रहेको उनको भनाई छ ।

खसि बोका ल्याउने भिड लागे पछि बजार व्यवस्थापन समितीले अर्को हप्ता देखि बजार बन्द रहेको सुचना जारी गरेको छ । एका तिर खसिबोका बिक्रि हुन नसक्दा कृषकहरु चिन्तामा छन् भने अर्को तिर बिक्रि नहुँदा फर्काउनु पर्ने बाध्यताले झन आर्थिक भार व्यहोर्नु परेको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved