धरानमा ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस मनाइयो "नगर सहकारी समन्वय समितीको कार्यलय स्थापनका लागी नगद संकलन गर्ने सहमती जुट्यो"

  • असार २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  कोभिड १९ को लकडाउनका बिच धरानमा आज शनिबार अन्तराष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरीकाले मनाइएको छ । विशेष गरी धरान नगर सहकारी समन्वय समितीको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगर स्तरीय सहकारी भेला समेत एकैपटक सम्पन्न भएको छ ।

धरान नगर सहकारी समन्वय समिती र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउँदो साउनबाट धरान ९ मा समन्वय समितीको कार्यालय स्थापन गर्ने सहमती जुटेको छ । कोष नभएकाले कार्यलय संचालनका लागी जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एकवर्षका लागी मासिक १ हजारको दरले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, जिल्ला सहकारी संघका १५ जना सदस्य तथा समन्वय समितीका २१ जना सदस्यले मासिक ५ सय, प्रारम्भिक सहकारी संस्थाले मासिक ३ सयको दरले सहयोग गर्ने सहमती जुटेको छ ।

कार्यक्रमका प्रमुख अतिथी इवारमले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपनि लकडाउनको स्थिती केही खुकुलो हुँदै गएकोमा सुरक्षाको मापदण्ड अपनाएर कार्यक्रम गरिएको बताए । अन्तराष्ट्रिय सिद्धान्त अनुसार अन्य राष्ट्रहरू संगै नेपालमा समेत त्यही सिद्धान्तमा रहेर सहकारीहरू संचालन हुने गरेको छ । सहकारी एन २०७४ अनुसार व्यवस्थित रूपमा चलेको सहकारीलाई लकडाउनले पनि कुनै समस्या नदिएको बताउँदै उनले सबै सहकारीलाई एन अनुसार चल्नका लागी आग्रह गरेका छन । तर लकडाउनका कारण धरानको अधिकांश सहकारीमा समस्या देखिएकोले यस्तो बेला एउटा सहकारीले अर्को सहकारीलाई साथ सहयोग गरी एक हुनका लागी समेत आग्रह गरेका थिए ।

कार्यक्रममा नै धरानको फुड बैंकमा सहयोग गरेका ५५ वटा सहकारीलाई प्रशंसा पत्र समेत वितरण गरिएको छ । कोभिड १९ को कारण समस्यामा परेको परिवारलाई राहत प्रदान गर्न स्थापना भएको फुड बैंकमा ५ लाख १८ हजार बराबरको खाधन्न प्रदान गरिएको थियो । धरानका सहकारी मध्यै पवित्र साकोसले सबैभन्दा बढी ६२ हजार नगद दिएका थिए । यस्तै, सुम्निमा साकोसले २५ हजार र उधमशिल साकोसले १५ हजार १ सय नगद प्रदान गरेको थियो ।

नगर सहकारी समन्वय समितीले समय समयमा सहकारी सम्बन्धी विभिन्न तालिम, सहकारी शिक्षा तथा सहकारीको समस्याको समेत सुनुवाइ गर्ने गरेको समन्वय समितीका संयोजक मिसन लामाले बताइन । यो कार्यलाई निरन्तरता समेत दिइने उनले बताइन । कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ, महिला उपाध्यक्ष सारदा मगर, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई समन्वय समितीका सचिव ज्ञानेन्द्र बस्नेतले सहजिकरण गरेका थिए ।

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved