समाचार

    Showing 9,441-9,450 of 10,055 items.
  • केन्द्रिय प्रविधि क्याम्पसले खुलायो छात्रवृत्ति (लिंक सहित)

    धरान । केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । क्याम्पसले असार २२ गते सुचना जारी गर्दै साउन ९ गते सम्म अनलाइन आवेदनका लागि आव्हान गरेको छ । स्नातक तथा स्नातकोत्तर तह अन्र्तगत कार्यक्रमको प्रत्येक वर्षमा अध्ययनरत १ जना जम्मा १८ जना विद्यार्थीहरुलाई १० हजारका दरले छात्रवृत्ति प्रदान गरिने जनाएको छ । विद्यार्थीहरुले आवश्यक कागजपत्र सहित अनलाईन आवेदन दिन सक्ने जनाएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहलमा छात्रवृत्ति वितरण गरिएको हो । युनियनले अघिल्लो वर्ष देखिनै गरिब तथा जेहेन्दार विद्यार्थीह

    • प्रकाशित मितिः असार २४, २०७७
    • 2,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी मा आवश्यक सामग्री वितरण

    धनकुटा/ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणको लागि आवश्यक सामग्रीहरु खरिद गरेर वितरण गर्न शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छाना रहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडी बढाएको गाउ

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,316 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • देशकै नमुना बन्दै इटहरी खानेपानी , १५ वर्षमा ११ करोड तिरेपछि ऋणमुक्त

     इटहरी । सुनसरीको इटहरीस्थित साना सहरी खानेपानी आयोजना संस्था देशकै नमुना संस्थाको रूपमा चिनिएको छ ।कोरोना भाइरसको कारण सिंगो मुलुक लकडाउन भइरकेको अवस्थामा खानेपानी आयोजनाले भने उपभोक्ताहरूलाइ २४ सै घण्टा पानी प्रदान गरेर सेवा दिएको थीयो । लकडाउनकै अवधीलाइ मध्यनजर गर्दै खानेपानीले चैत्र महिनाको अतिरिक्त शुल्क सबै मिनाहा गरेको थीयो । १८ हजार भन्दा बढी नगरवासीहरूलाइ शुद्ध र गुणस्तरीय खानेपानी बितरण गर्दै आएको यस आयोजनाले असार मसान्त सम्ममा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लकडाउनको कारण सो परिमाणको राजस्व संकलन हुन नसकेको जनाएको छ । उपभोक्ताहरूको समस्यालाइ मध्यनजर गर्दै खानेपानीको

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,097 पटक पढिएको
    • "तेजबहादुर बन"
  • भारतबाट लागूऔषध ल्याउने पक्राउ

    विराटनगर । विराटनगरमा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया नजिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिईएको प्रहरी टोलीले प्र.१–०२–०४० प ५०२७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको हो । चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३५ को राजु श्रेष्ठले तारको झोलामा लुकाई छिपाई ल्याएको लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइलेक्स डि.सी. १० बोतल, एसपी ७२ चक्की र नाईट्रोभेट १५ चक्की बरामद भएको छ । बन्दाबन्दीको बेला भारतीय क्षेत्रबाट उनले कसरी लागू

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,380 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालको २८ औँ प्रहरी महानिरीक्षकमा शैलेश थापा

    काठमाडौँ / नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई आज मंगलबार एआईजी थापालाई प्रहरी महानिरीक्षक ९आइजीपी० मा सोमबार बसेको बैठकले थापालाई बढुवा गरेको हो ।बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । आईजीपीको प्रतिष्पर्धामा अर्का प्रतिष्प्रधि एआइजी हरी पाल पनि थिए । पाल र थापा दुवै जना २०४९ सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बाट प्रवेश गरेका हुन् । अब उनले २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, झापा,कास्की र प्रहरी प्रवक्ता लगायतका महत्वपुर्ण कमान्ड सम्हालेका थिए । थापा काठमाडौँको भक्तपुरमा जन्मिएका हुन ।

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,340 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रहरी गठन गर्न कानुन बनाउन अघि बढ्यो प्रदेश १ सरकार

    विराटनगर । प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश १ को संसदमा प्रस्तुत गरिएको छ । संविधानमा प्रदेश सरकारको एकल अधिकार सूचीमा प्रदेश प्रहरीको व्यवस्था छ । सदनमा विधेयक प्रस्तुत गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कतिपय व्यवस्थालाई समेत ‘संघले व्यवस्था गरेअनुरुप हुनेछ’ भन्ने जस्ता विषयले कानुन ल्याउन ढिलो भएको बताएका छन् । प्रदेश प्रहरी प्रमुख संघीय सरकारले नै खटाउने, हातहतियार, वरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक सरुवा बढुवा संघले नै हेर्ने व्यवस्था भएकोले त्यसबाहेकका व्यवस्था भने प्रस्तावित विधेयकले गर्ने मन्त्री कार्कीले सदन समक्ष जानका

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,143 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप ११ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरानर धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ११ जना डिस्चार्ज भएका छन् । उनीहरु ७ वर्ष देखि ५४ वर्ष सम्मका झापा ७ जना र सुनसरीका ४ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए । महिला ७ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु जेठ ३१  गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४२पुराना र ५ जना नयाँ उपचाररत छन् भने २११ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा ५ जना भर्ति भएका छन् । हाल सम्म प्रतिष्ठानमा १०,५६७  पिसि आर परिक्षण गरिएको छ । 

    • प्रकाशित मितिः असार २३, २०७७
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुनः श्रम स्वीकृति लिन युवाहरुको भिड

    सुनसरी । वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति खुल्ला भए पछि नेपाली युवाहरु विदेश फर्कनका लागि श्रम स्वीकृति लिनेको भिड लाग्न थालेका छन् । कडाउनका कारण विदेश फर्कन नपाएका नेपालीहरुलाई पुनः श्रम स्वीकृति प्रदान गरि वैदेशिक रोजगारीमा जान बाटो खुले पछि श्रम स्वीकृति लिनेको पनि भिड लाग्न थालेको छ । सरकारले बिदामा आएका, भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार सम्म १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार युएइका लागि १ सय ९२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने, जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कत

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,026 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाम चलेका लागुऔषधको विकल्प खोजिदै

    धरान । लागुऔषधहरुका रुपमा प्रयोग हुने औषधीहरु बन्द हुन थाले पछि लागुपदार्थ दुव्र्यसनीहरुले वैकल्पीक औषधीहरुको खोजि गर्न थालेको पाइएको छ । औषधी पसलहरुमा सहजरुपमा पाइने औषधीहरुलाई लागुपदार्थको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले एकै किसिमका औषधीहरु ठुलो मात्रामा बिक्रि हुन थाले पछि खोजतलास गर्दा लागुऔषधका दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको पाइए पछि धरान ७ का औषधी पसल व्यवसायी सहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डेकोलिक १०, प्रेग्स्टार एम ५ र एपाबलिन १५ ट्याब्लेट बरामद गरेको छ । भने मेडिकलबाट डेकोलिक ४ सय, प्रेग्स्टार एम १ सय २० र एपाबलिन ३ सय ४० ट्याब्लेट

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २०४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १६ हजार १ सय ६८

    आज थप २०४  जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४  जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  ६८८  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ७४९९   जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २३, २०७७
    • 725 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved