धरानर धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ११ जना डिस्चार्ज भएका छन् ।
उनीहरु ७ वर्ष देखि ५४ वर्ष सम्मका झापा ७ जना र सुनसरीका ४ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
महिला ७ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् ।
उनका अनुसार उनिहरु जेठ ३१ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।
प्रतिष्ठानमा हाल ४२पुराना र ५ जना नयाँ उपचाररत छन् भने २११ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा ५ जना भर्ति भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा १०,५६७ पिसि आर परिक्षण गरिएको छ ।