सुनसरी । वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति खुल्ला भए पछि नेपाली युवाहरु विदेश फर्कनका लागि श्रम स्वीकृति लिनेको भिड लाग्न थालेका छन् ।
कडाउनका कारण विदेश फर्कन नपाएका नेपालीहरुलाई पुनः श्रम स्वीकृति प्रदान गरि वैदेशिक रोजगारीमा जान बाटो खुले पछि श्रम स्वीकृति लिनेको पनि भिड लाग्न थालेको छ । सरकारले बिदामा आएका, भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार सम्म १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार युएइका लागि १ सय ९२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने, जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रुनाइका लागि ७, जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि एक जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना, ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जना, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि दुई जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।