समाचार

    Showing 9,391-9,400 of 10,054 items.
  • १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया पारीत गर्दै बेलबारीको छैटौ नगरशभा सकियो

    बेलबारी ÷ १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट पारीत गर्दै बेलबारी नगरपालिकाको छैटो नगरशभा सम्पन्न भएको छ । नगरशभाले कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता दिने समेत निर्णय गरेको छ भने केहि नयाँ योजनाहरु समेत थपेको छ । बेलबारी १ मा बन्न लागेको बेलबारी कम्पलेक्सलाई समेत नगरपालिकाले गौरबको योजनाका रुपमा लिएको छ । केहि दिन अघि मात्रै कम्पलेक्स निर्माणका लागि नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगर विकास कोष सँग सम्झौता गर्नु भएको थियो । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न लागिएको आधुनिक सपिङ कम्प्लेक्सक

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बडीगार्ड आत्महत्या प्रकरणः श्रीमती र प्रेमी पक्राउ

     इटहरी । गत असार १६ गते जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हवल्दार ओम प्रकाश खतिवडाले गरेको आत्महत्या प्रकरणमा  श्रीमती र उनका प्रेमिलाइ प्रहरीले पक्राउ गरी आत्महत्या दुरूत्साहन मुद्धा चलाइएको छ । मृतक खतिवडाले श्रीमती दीक्षा खतिवडाको चालचलन ठिक नभएको र परपुरूष संग अवैध सम्बन्ध रहेको जानकारी पाएर पटक पटक सम्झाउदा नलागेपछि अन्तत आफैले आत्महत्याको बाटो रोजेको प्रहरी अनुशन्धानबाट खुलेको छ । आत्महत्या दुरूत्साहन अन्तरगत श्रीमती खतिवडालाइ श्रीमानको काम सकेको १३ दिनमा पक्राउ गरिएको हो भने उनका प्रेमी उर्लाबारी ९ कै विशाल तामाङलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,329 पटक पढिएको
    • " तेजबहादुर बन"
  • गाँजा सहित एक युवा पक्राउ

    धरान । अवैध रुपमा गाँजाको बेचविखन र खेति गर्ने धरान १३ का नविन मगरलाई इलाका प्रहरीले कार्यालय धरानले पक्राउ गरेको छ । गत असार २६ गते धरान १३ का वर्ष २९ का नविन मगरले गाँजा लुकाई छिपाई घरबाटै बेचविखन गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बेच्नलाई तयारी अवश्थामा रहेको ३ सय ग्राम तयारी गाँजा फेला पारेको थियो । मगरले घरकै बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि बरामद गरेको छ । उनलाइ आइतबार थप अनुसन्धानको लागि लागुऔषध गाँजा मुद्धामा म्याद थप गरिएको इप्रका धरानका प्रमुख ज्ञानेन्द बस्नेतले बताए ।

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ६ जना कोरोना संक्रमित थपिए, ३३ जना डिस्चार्ज

    सुनसरी । सुनसरीको रामधुनी क्वारेन्टाइनमा एक जना पुरुषका कोरोना भेटिए सँगै प्रदेश १ मा सोमबार ६ जना संक्रमित थपिएका छन् । सुनसरीको रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना सहित झापामा ४ जना र मोरङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार रामधुनीका १ जना, झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङको कटहरीमा एक जना पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा सोमबार ३३ जना निको भएर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचा

    • प्रकाशित मितिः असार २९, २०७७
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ५ जना डिस्चार्ज

    आज थप १४४  जनामा संक्रमण  पुष्टि भएको छ ।   यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार ९ सय ४५ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप१४४ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये  मृतकको संख्या ३८  पुगेको छ । पछिल्लो २४ घण्टामा थप  १७०५  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  १० हजार २९४  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २९, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाले बोलबंम पनि प्रभावित, यस वर्ष मेला नलाग्ने

    धरान । करिब ३८ वर्ष देखि वर्षेनी साउन महिनाको सोमबार देखि सुरु धरानको बोलबंम मेला यस वर्ष कोरोनाको कारण प्रभावित बनेको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण पिण्डेश्वर मन्दिरमा लाग्ने मेला यस वर्ष नहुने भएको हो । धरानको पिण्डेश्वर मन्दिरमा वर्षेनी चतराको सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउनेको घुइचो लाग्ने भएकाले पनि बोलबंम नहुने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए । उनले भने, ‘अहिले मन्दिर पनि बन्द रहेको अवश्थामा साउन महिनाको प्रत्येक सोमबार मन्दिरमा जल चढाउन आउनेको अत्याधिक भिड हुने भएकाले आउनुस भन्न सकेनौं ।’ सरकारले लकडाउन साउन ९ गते सम्म घोषणा गरेकाले

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,485 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  डुबानबाट कसरी जोगिदैछ इटहरी ?

    इटहरी । अविरल वर्षाका कारण इटहरी उपमहानगरकामा अधिकांश क्षेत्र डुबानमा पर्न थालेका छन् । राजर्मागमा जमेको पानीले निकास पाउन नसक्दा तथा समयमै ढलको व्यवस्थापन र नियमित सरसफाई हुन नसक्दा इटहरी वर्षैपिच्छे डुबानमा पर्दै आएको हो । बर्षायाम सुरु भएसंगै बाटोको खाल्डाखुल्डीमा जमेको पानी र हिलोका कारण आम सर्बसाधरण संगै राजमार्गमा जोडिएका व्यवसायीहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् । पटक–पटक डुबानमा पर्न थालेपछि स्थानीय सरकार इटहरी उपमहानगरले टेंग्रा खोलाको मुहान शेरामा बाँध निर्माणको कामलाई तिब्रता दिएपनि वर्षासंगै आएको भेल र बाढीले टेंग्राको डिल कटान गर्दै गाउ प्रवेस गरेर डुवान गर्ने गरेको छ । ग

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,750 पटक पढिएको
    • "तेजबहादुर बन "
  • कृत्रिम जोर्नी प्रत्यारोपण

    परिचय विगत केही दशकमा शल्यक्रिया विधामा उल्लेखनिय प्रगति भएको छ । शल्यक्रिया विधा विभिन्न चरणमा विकाससँगै धेरै सव विधाहरुमा विभाजित भएका छन् ।अर्थोपेडिक सर्जरी विगतमा जेनेरल सर्जरीको एक अंगको रुपमा रहेको र अर्थोपेडिक विधामा समय चक्र सँगै विकाश हुँदा यो एउटा विशिष्ट विधाको रुपमा अस्तित्वमा आएको हो ।अर्थोपेडिक विधामा पनि समय सँगै धेरै सवविधाहरु (जस्तै ह्यान्ड विधा, दुरविन पद्धति विधा स्पाइनल, कृत्रिम जोर्नी प्रत्यारोपन) को विकाश भएको छ । जसमध्ये कृत्रिम जोर्नी प्रत्यारोपन एउटा प्रमुख एवम विशिष्ट सवविधा हो । जोर्नी बिग्रिनुमा धेरै कारणहरु मध्ये अस्टियोआरथ्राटिस प्रमुख कारण हो अस्टियोआरथ्राटिस व

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी ब्यारेजको तालाचाबी भारतमा

    धरान  /  इन्जिनियरिङमा सिमेन्टबाट बनेको संरचनाको आयु ५० वर्ष मानिन्छ । सोही अनुसार हेर्ने हो भने, अहिले कोशी व्यारेजको आयु समाप्त भइसकेको छ । करिब ८ वर्ष अघिनै सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजको आयु सकिसकेको हो । पुरानो हुँदै गएका कारण पनि अहिले कोशी ब्यारेज जिर्ण हुँदै गएका छ । पछिल्लो समय निरन्तर आएको वर्षाका कारण पुलनै उच्च जोखिममा रहेको छ । ब्यारेजको जिर्णोद्वारमा कसैको पनि ध्यान पुग्न सकेको देखिन्दैन् । सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार कोशी नदीमाथि ब्यारेज निर्माण गरिएको हो । नेपाल र भारतबीच भएको उक्त सम्झौताबमोजिम कोशी ब्यारेजको शिलान्यास सन् १९५९ मा भएको थियो । नेपा

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको लेउती खोलामा पर्यटकिय पुर्वाधार निर्माणको काम सम्पन्न

    धनकुटा / पूर्वको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै रहेको लेउती खोलामा पर्यटकिय पुर्वाधार निर्माणको काम सम्पन्न भएको छ । साँगुरीगढी गाउँपालिका वडा नं. १ मा चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख लगानीमा पर्यटकिय पुर्वाधारको निर्माणको काम गरिएको हो । उक्त धार्मिकस्थलको प्रदेश सांसद आरसी तुम्बाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । प्रदेश सांसद आरसी तुम्बाको निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ र जनश्रमदान २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँको लागतमा लेउतीमा पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्ग निर्माण गरिएको लेउती जलाधार प्रकृति&

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,258 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved