कोरोनाले बोलबंम पनि प्रभावित, यस वर्ष मेला नलाग्ने

  • असार २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । करिब ३८ वर्ष देखि वर्षेनी साउन महिनाको सोमबार देखि सुरु धरानको बोलबंम मेला यस वर्ष कोरोनाको कारण प्रभावित बनेको छ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण पिण्डेश्वर मन्दिरमा लाग्ने मेला यस वर्ष नहुने भएको हो । धरानको पिण्डेश्वर मन्दिरमा वर्षेनी चतराको सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउनेको घुइचो लाग्ने भएकाले पनि बोलबंम नहुने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए ।

उनले भने, ‘अहिले मन्दिर पनि बन्द रहेको अवश्थामा साउन महिनाको प्रत्येक सोमबार मन्दिरमा जल चढाउन आउनेको अत्याधिक भिड हुने भएकाले आउनुस भन्न सकेनौं ।’ सरकारले लकडाउन साउन ९ गते सम्म घोषणा गरेकाले त्यस पछिका समयमा भने पुर्नविचार गरिने उनले बताए ।

लकडाउन शुरु भए सँगै धरानका सम्पुर्ण मठमन्दिरहरु बन्द रहेका छन् । भिडभाडका कारण संक्रमण फैलिन सक्ने भएकाले सुरक्षाका कारण पनि बन्द गर्नु परेको उनको भनाई छ ।

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved